बारी जाेत्ने क्रममा गाेरुले हानेर मृत्यु



दाङ : गोरुले हानेर रुकुमको मुसीकोट नगरपालिका ९ घोरनेटीका ५२ बर्से केवलसिंह खड्काको मृत्यु भएको छ।

 

आफैले पालेको गोरुले हान्दा उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्। सोमबार छिमेकी झकप्रसाद खड्काको बारी जोत्ने क्रममा गोरु नार्न लाग्दा उनलाई गोरुले हानेको स्थानीय खडानन्द शर्माले जानकारी दिए।

 

खड्काको शव पोस्टमार्टमका लागि सदरमुकाम खलंगा लगिएको छ।

प्रतिक्रिया दिनुहोस्