तीन वर्षपछि कानूनी शिक्षा अभियान !


काभ्रेपलाञ्चोक : स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई करिब तीन वर्षपछि नेपाल बार एशोसिएशन काभ्रेपलाञ्चोक एकाइले ‘कानुनी शिक्षा’ अभियान थालेको छ । एकाइले यो सातादेखि तेमाल गाउँपालिकाबाट कानूनी शिक्षा अभियान थालेको हो ।

जिल्लाका सबै स्थानीय तहमा समन्वय गर्दै संहिता–२०७४ तथा स्थानीय तहमा बनेका कानूनका विषयमा वडास्तरका जनप्रतिनिधि एवं स्थानीयलाई जानकारी गराइने एकाइ सचिव मदुसुदन वाग्लेले बताए । “अधिकांश जनप्रतिनिधिलाई नयाँ संहिता र स्थानीय बासिन्दालाई आफ्ना कानूनबारे जानकारी नहुँदा अभियान नै थाल्नुपर्ने आवश्यकता देखियो”, उनले भने । उनका अनुसार अभियानको पहिलो चरणमा बारका प्रतिनिधि र जनप्रतिनिधिको संयुक्त बैठक राखी कानूनी साक्षात्कार गरिने तथा पृष्ठपोषण दिइनेछ ।

स्थानीय तहका जनप्रतिनिधि (न्यायिक समितिका पदाधिकारीसहित)सँग साक्षात्कारपछि वडास्तरमा कानूनी शिक्षाको योजना बनाइनेछ । स्थानीय तह पनि आफ्नै कानून निर्माण गरिरहेको सन्दर्भमा स्थानीयवासीलाई समेत कानूनी सचेतना गराउनुपर्ने भएकाले बारको समन्वयमा कानूनी शिक्षा कार्यक्रमको योजना बनाइएको गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले बताए । उनले भने, “अब स्थानीय बासिन्दालाई नयाँ संहिता र पालिकाको कानूनबारे जानकारी दिनु अत्यावश्यक भइसक्यो ।”

उपाध्यक्ष तामाङले गाउँपालिकामा अवस्थित विद्यालयमा पनि संहिता र स्थानीय तहको कानूनबारे शिक्षा दिनुपर्ने बताएका छन । “कानूनी शिक्षा विद्यार्थीको प्राथमिकतामा राख्दा बहुउपयोगी देखिन्छ, विद्यार्थीले आफ्नो परिवारका सदस्यलाई कानूनबारे सचेत गराउँछन्”, उनले भने । उनका अनुसार तेमालमा ६१ मेलमिलापकर्ता र तीन न्यायिक समितिका पदाधिकारीले न्याय सम्पादन गर्दै आएका छन् ।

एकाइसँग समन्वय गरी सम्पूर्ण जनप्रतिनिधि तथा बासिन्दालाई न्यायिक शिक्षा प्रदान गर्न आफू तयार रहेको गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले बताए । उनले भने, “स्थानीय सरकार सञ्चालन ऐन–२०७४ बारे पनि स्थानीयवासीलाई जानकारी गराउँदा न्याय सम्पादनमा सजिलो हुन्छ, कानूनसँगै सरकार सञ्चालनबारे जानकारी अत्यावश्यक देखियो ।” गाउँसभामार्फत हालसम्म सात ऐन, नियम र कार्यविधि तयार गरिएको उनले बताए । “थप कानून बनाउन बारसँग समन्वय गर्दै जानेछौँ”, उनले भने ।

मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारीले स्थानीयस्तरमा कानूनी सेचतना गर्न नभ्याइरहेको अवस्थामा ढिलोगरी भए पनि ‘कानूनी शिक्षा’ अभियान थालिएको वाग्लेले बताए । “तेमालबाट अभियान शुरु ग-यौँ, क्रमैसँग अन्य पालिकासँग समन्वय गर्दै जानेछौँ”, उनले भने । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धादिङ : दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई

काठमाडौं : थप तीन जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएको पुष्टि भएपछि सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको

कुवेत : कुवेतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट पहिलो व्यक्तको मृत्यस भएको छ । त्यहाँको सरकारी समाचार

काठमाडौं : कोरोनाभाइरस नियन्त्रण गर्न उदाहरणीय काम गरेको भन्दै प्रशंसा भइरहेको दक्षिण कोरियामा मानिसहरूबीच दूरी

काठमाडौं : केही दिन अघि काठमाण्डू प्रेस डट कममा प्रकाशित एउटा समाचार उक्त न्यूज पोर्टलको

काठमाडौं : स्पेनमा कोरोनाबाट एकैदिन ८०९ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा कोरोनाबाट मृत्यु

काठमाडौं : महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे बहराइनका समकक्षीसँग टेलिफोन गरी

काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेको

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को नयाँ तीन जना संक्रमित फेला परेको छ । सुदूरपश्चिम जिल्लाको

बेइजिङ : चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा मौनधारण गरिएको छ । संक्रमणबाट मृत्यु

जनकपुरधाम– जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा कोरोनाको आशंकामा राखिएका ५ जनाको रिपोर्ट निगेटिभ आएको छ