साढे एक करोड कारोबार गर्दै सकियो खोटाङ दिक्तेल महोत्सव


खोटाङ : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’ साढे एक करोड बढी कारोवार गर्दै सकिएको छ । गत फागुन २ गतेबाट शुरु भएको १० दिने महोत्सवमा रु एक करोड ५३ लाख बराबरको आर्थिक कारोवार भएको आयोजकले जनाएको छ ।

‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक समृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा करिब रु एक अर्बको कारोवार हुने प्रक्षेपण गरिएको थियो ।

महोत्सवमा विभिन्न १२० बिक्रीकक्षबाट रु एक करोड, बाल उद्यान, रोटेपिङ, रेल, कारलगायत मनोरञ्जनका साधनबाट रु २० लाख, होटल व्यवसायबाट रु १५ लाख, टिकट बिक्रीबाट रु १५ लाख ३० हजार र यातायात सेवामा रु तीन लाख बराबरको कारोवार भएको आयोजक उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए ।

एकलाखभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने भनिएको महोत्सवमा करिब ५६ हजारले मात्र अवलोकन गरेको आयोजकले जनाएको छ । यद्यपि महोत्सवका कारण वार्षिक रु २४ करोड २० लाखको कारोबार हुने वातावरण बनेको आयोजकको दाबी छ । खोटाङको आर्थिक तथा सामाजिक उत्थान गर्न पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडीबुटीलगायत स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पु-याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको थियो ।

त्रिधार्मिकस्थल हलेसी, तुवाचुङ, रुपाकोट, मझुवागढीलगायतका धार्मिक, सांस्कृतिक र रमणीय एवं पर्यटकीयस्थलको प्रचारप्रसार गरी व्यवसाय प्रवद्र्धन गर्न, जिल्लामा भएका पर्यटन, सिमेन्ट, जलविद्युत्, जडीबुटी, वन पैदावारलगायतका बारेमा जानकारी गराएर लगानीको अवसर सिर्जना गर्न, निकासीयोग्य वस्तुको पहिचान र प्रवद्र्धनमा महोत्सवबाट सहयोग पुगेको वाणिज्य सङ्घका महासचिव मनोज बजिमयले बताए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको महोत्सव सोमबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले समापन गरे । महोत्सव अवधिभर गायक राजेशपायल राई, बद्री पङ्गेनी, ज्योति मगर, कमल खत्री, दुर्गेस थापा, उल्शन श्रेष्ठलगायत दर्जन बढी राष्ट्रियस्तरका कलाकारको प्रस्तुति तथा जिल्लास्थित विभिन्न जातजातिको सांस्कृतिक झाँकी एवं साङ्गीतिक प्रस्तुति रहेको थियो ।

जिल्लामा पहिलोपटक आयोजना गरिएको महोत्सव सञ्चालनको जिम्मा ठेक्का शैलीमा दिइएकाले जिल्लावासीका लागि कुनै उपलब्धि नभएको गुनासा आएका छन् । महोत्सवले जिल्लाका व्यवसायीलाई फाइदा हुने र व्यापार मन्दीका कारण थिलथिलो बनेको व्यवसायलाई यो महोत्सवले केही हदसम्म राहतको महसुस गराउँछ भन्ने आशामा तुषारापात भएको जिल्लावासीको आरोप छ ।

महोत्सवको विषयलाई लिएर अहिले सामाजिक सञ्जाल फेसबुकमार्फत धेरैले विरोध जनाएका छन् । महोत्सवकै विषयलाई लिएर समाजवादी पार्टी नेपाल खोटाङका नेता सूर्यबहादुर राईले महोत्सवको केही तस्वीरसहित फेसबुकमा राखेर ‘स्टाटस’ लेखेका छन । “दिक्तेल महोत्सवको अध्ययन गरियो”, उनले लेख्नुभएको स्टाटसमा भनिएको छ, “खोटाङको आर्थिक विकासमा कति टेवा पुग्छ ? म नाजवाफ छु !”

सरकारले अवलम्बन गरेको समृद्ध नेपालको अभियानमा महोत्सवले टेवा पु-याउँछ भन्ने अपेक्षा गरिए पनि जिल्लाका लागि उपलब्धिशून्य भएको होटल व्यवसायी निशान राईले बताए । महोत्सवमा खाजा तथा खाना खाने होटलदेखि बेचिने कपडालगायत सबै बाहिरकै व्यवसायीको थियो ।

यस वर्ष दिक्तेलमा सञ्चालन भएको महोत्सवले जिल्लामा तीन वर्षसम्म आर्थिक मन्दी हुने दिक्तेलबजारका चोकचोकमा टिप्पणी हुने गरेको छ । महोत्सवमै किराँती वेषभूषा तथा सामग्री बिक्रीकक्ष राखेका युगशन किराँतीले महोत्सवमा ल्याइएका बाहिरका व्यापारीले जिल्लावासीको लाखौँ रकम लगेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा

नुवाकोट : सामान्य दिनचर्या भएको भए अहिले नुवाकोटको भैरवी मन्दिर परिसरमा पुजारी, गुभाजु, द्वारे, स्थानीय

काठमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमणबाट ७६ हजार ३४० जनाको मृत्यु भएको छ। हालसम्म यस

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण संकटको बेला सँगै लड्न सरकारलाई

काठमाडौं : बेलायतले नेपालबाट आफ्नो नागरिकलाई फिर्ता लैजाने भएको छ । यसका लागि बेलायतले आफ्नो

भारत : भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राती भागेका एकजना नेपाली

काठमाडौं : नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ लिएका

काठमाडौं : कोरोनाभाइरस महामारीको त्रास फैलिएको बेला नेपालीहरूले पनि पूजापाठबाहेक घरको मूलढोका अगाडि आँगन खनेर

काठमाडौं : कोरोनाभाइरस सङ्क्रमणले संसारभरिकै अर्थतन्त्र थिलथिलो हुँदै गएपछि विश्वका एक सयभन्दा धेरै संस्थाहरूले संयुक्त

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को बार्षिक परीक्षा स्थगित गरेको छ

भक्तपुर : विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा

बझाङ : मुलुक नै कोरोनाभाइरस (कोभिड–१९)को त्रास र सन्त्राससँग जुधिरहेको बेला बझाङ जिल्लाको दबिस पाथिभेरा