नेकपा सचिवालय बैठक बस्दै, बाँस्कोटा र एमसीसीको बारेमा के आउला निर्णय ?



काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।

एमसीसी र बाँस्कोटाको विषयमा व्यापक विरोध हुन थालेपछि नेकपाले बैठकमार्फत निर्णय गर्न लागेको हो ।

प्रतिपक्षी, जनस्तर र नेकपाभित्रैबाट दबाव आउन थालेपछि बसेको बैठकले विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे दुई अध्यक्षले धारणा राखेपछि के गर्ने भन्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

बैठकमा सचिवालयका सवै सदस्यहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्