मालदीपमा रोमान्टिक भए बिपाशा–करण, चुम्बन गरेको तस्बिर भयो भाइरल



एजेन्सी : बलिउडका हट जोडी बिपाशा बसु र करण सिंह ग्रोवरको मालदीपमा बिदा मनाइरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बिपाशाले उनको इन्स्टाग्राम एकाउन्टमा तस्बिर शेयर गरेकी छिन् ।

उक्त तस्बिरमा यो जोडी निकै रोमान्टिक देखिएका छन् । तस्बिरमा बिपाशा पतिसँग समून्द्मा मस्ती गरिरहेको देखिएकी छिन् ।

एउटा तस्बिरमा चुम्बन गरिरहेका देखिएका छन् । उनीहरुको जोडी बलिउडमा पनि निकै चर्चित छ ।

बिपाशा र करणले सन् २०१६ मा विवाह गरेका थिए ।

पछिल्लो फिल्मी क्षेत्रबाट टाढा रहेकी विपाशाले २०१५ मा अन्तिमपटक ‘अलोन’ फिल्ममा मुख्य भूमिका निभाएकी थिइन् । बिपाशाले ‘राज’, ‘जिस्म’ जस्ता चर्चित फिल्म खेलेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्