घट्न थाल्यो सुनको मूल्य



काठमाडौं : आज सुनको मूल्य घटेको छ । मंगलबारसम्म ह्वात्तै बढेको सुनको मूल्य बुधबार भने घटेको हो ।

मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ८० हजारमा कारोबार भएको थियो ।

छापावाल सुनको मूल्य घट्दा तेजावी सुनको मूल्यमा पनि ५ सय रुपैयाँकै गिरावट आएको छ । यसदिन तेजावी सुन प्रतितोला ७९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य एकैदिनमा २० रुपैयाँले कम भएर प्रतितोला ९ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्