राष्ट्रपति भण्डारीको स्वागतका लागि सार्वजनिक बिदा



बैतडी : राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बैतडीको पाटन नगरपालिकाले राष्ट्रपति भण्डारीको स्वागतका लागि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जिल्लामा राष्ट्रपति भण्डारी आउने भएपछि बुधबार बसेको नगरकार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए ।

राष्ट्रपति भण्डारी बुधबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा रहने कार्यकालिका छ। राष्ट्रपति भण्डारीले फागुन १५ गते बैतडीस्थित त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ भने पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावास भवनको उद्दघाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्