दिल्लीमा लगातार ३ दिन हिंसा, २० को मृत्यु, १८९ जना घाइते


काठमाडौं : भारतको राजधानी दिल्लीमा हिंसात्मक झुण्डहरूले मुस्लिमहरूको घर र पसलमा आक्रमण गर्दा लगातर ३ दिन दङ्गा भएको छ ।

दशकौं पछि देखिएको हिंसाको घटनामा हालसम्म २० जनाको मृत्यु भएको छ । सरकारले ल्याएको नारिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच भिडन्त भएको हो ।

हिंसाले साम्प्रदायिक स्वरूप लिएको जस्तो देखिएको बताइएको छ । मानिसहरूलाई तिनीहरूको धार्मिक आस्थाका आधारमा निशाना बनाइएको भन्ने विवरणहरू आएका छन् । सामाजिक संजालमा प्रस्तुत भैरहेका फोटो, भिडिओ र अन्य विवरणहरूले दिल्ली शहरले बेहोरिरहेको चरम अवस्थाको चित्रण गरेका छन् ।

जथाभावी आगजनी, काठ र फलामको लौरो अनि ढुङ्गा बोकेका मानिसहरूको समूह सडकहरूमा ओहोरदोहोर गरिरहेका र हिन्दू तथा मुस्लिम समुदायका मानिसहरू मुठभेडको अवस्थामा रहेका भन्ने विवरणहरू आएका छन् । मारिनेहरूमा हिन्दू र मुस्लिम दुवै समुदायका मानिस छन् ।
१८९ जना जति घाइते रहेका दिल्लीस्थित गुरु तेगबहादुर अस्पतालका अधिकारीहरूले बताएका छन्, जहाँ धेरैजसो घाइते उपचाररत छन् । विरलै हुने एक घटनामा दिल्लीस्थित उच्च अदालतले मध्यरातमा सुनुवाई गर्दै, हिंसामा घाइते भएकाहरूलाई सुरक्षित रूपमा नजिकका अस्पतालहरू पुर्याउने वातावरण बनाउन सरकार र प्रहरीलाई निर्देशन दिएको छ ।

गुरु तेगबहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनीलकुमार गौतमलाई उद्धृत गर्दै एएनआइ समाचार एजेन्सीले जनाए अनुसार अस्पतालमा उपचारका लागि ल्याइएकाहरू मध्ये केहीलाई गोली लागेको छ भने केहीको टाउकोमा चोट लागेको छ । केहीको शरिरमा चक्कुको घाउ छर केहीलाई हिंसाबाट भाग्ने क्रममा लडेर चोट लागेको हुन सक्ने बताइएको छ ।

तीन दिनदेखि राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा जारी रहेको अवस्थामा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गएरात जफ्रावाद ,सीलमपुर लगायत केही हिंसाग्रस्त इलाकाको भ्रमण गरेका र स्थानीय समुदायका नेताहरूसँग कुराकानी गरेका पनि एएनआइले जनाएको छ ।

उनले देशको राजधानीमा कानुनहीनताको अवस्था जारी रहन दिन नसकिने र प्रहरी तथा प्यारामिलिटरी सैन्य पर्याप्त संख्यामा परिचालन गरिएको बताएका एएनआइले ट्वीटर मार्फत जनाएको छ । मंगलवार नै दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालले हिंसात्मक घटनामा घाइतेहरू उपचाररत अस्पतालहरूको भ्रमण गरेका थिए ।

त्यसपछि उनले ट्वीटरमा लेखेको संदेशमा जारी हिंसालाई “पागलपन“ भन्दै यो तत्काल अन्त्य हुनुपर्ने बताएका छन् । मंगलवार नै भारतका गृहमन्त्री अमित शाहले जारी हिंसाका सम्बन्धमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर, मुख्यमन्त्री र अन्य वरिष्ठ अधिकारीहरू र राजनीतिक दलका नेताहरूसँग भेट गरेका थिए ।

उनले दिल्ली प्रहरीलाई सम्बोधन गर्दै तिनीहरूले स्थानीय शान्ति समितिहरूसँग मिलेर जनतासँग सम्वाद प्रकृया सुरु गर्न र विश्वासको वातावरण बनाउन बताएका थिए । बीबीसी

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, ‘एकले थुकी सुकी, सयौंले थुकी

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरण प्रक्रिया एकद्वार प्रणालीमार्फत अगाडि बढाउन

काठमाडौं : सरकारले आन्तरिक खर्च कटौती गरेको छ। कोरोना भाइरसका कारण नेपाल पनि प्रभावित भएको

काठमाडौं : कोरोना भाइरसका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । लगातार तेस्रोपटक प्रतिनिधिसभाको बैठक

काठमाडौँ– नेकपाका नेता राम कुमार शर्माले स्वास्थ्य सामग्री खरिद गर्न सरकारले रक्षा मन्त्रालयसँगको समन्वयमा नेपाली

जनकपुरधाम : नेपाल सरकारको जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश नम्बर २ सरकारले विपन्न वर्गलाई राहत पुर्याउने

गलकोट : बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा

एजेन्सी : आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४९ हजार १ सय

काठमाडौं : सीमामा नागरिक अलपत्र परेका नागरीकलाई स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ गोवरियाका कृष्णदत्त भट्ट विगत चार दिनदेखि यहाँको सीमावर्ती भारतीय बजार वनबासामा

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका बागलुङ ढोरपाटन नगरपालिका