विष्फाेटमा मुस्किलले जाेगिए राहुल गान्धी



नयाँ दिल्ली : भारतीय प्रतिपक्षी दल आई कांग्रेसका अध्यक्ष राहुल गान्धी एक बम विस्फोटको घटनामा मुस्किलले जोगिएका छन् ।

 

शनिबार मध्य प्रदेशको जबलपुरमा कांग्रेस अध्यक्ष राहुल गान्धीको रोड शोकै क्रममा बम पड्किएको हो । राहुल गान्धी  जुन मिनी बसमा सवार थिए त्यसको केही मिटरको दुरीमा अचानक आगोको लप्का उठ्यो । 

 

केबल एकदम मात्रै नजिक रहेका राहुल र उनका समर्थकहरु तत्काल त्यहाँ के भयो भन्ने अलमलमा परे । समाचार अनुसार राहुल गान्धीको आरती गर्नका लागि लगिएको थालीमा ग्यासले भरिएको पदार्थ विस्फोट हुन पुग्यो । त्यसपछि एकैछिनमा आगो फैलियो । 

 

अचानक आगोको लप्का उठेपछि सबैजना चकित भए । यस घटनालाई राहुल गान्धीको सुरक्षामा गम्भीर लापरबाही भनिएको छ । समाचार अनुसार विस्फोट सानो थियो यदि ठुलो विस्फोट भएको भए त्‍यहाँ धेरै ठुलो दुर्घटना भएको भएको अवस्थामा ठुलो क्षति हुने थियो । 

 

रोड शो अघि राहुल गान्धीले जबलपुर नजिकै ग्वारी घाटमा नर्मदा पूजा पनि गरेका थिए । राहुल गान्धीसँगै मध्यप्रदेशका कांग्रेस अध्यक्ष कमलनाथ र कांग्रेस नेता ज्योतिरादित्य सिन्धिया पनि थिए ।

प्रतिक्रिया दिनुहोस्