कोरोना संक्रमणबाट फ्रान्समा एकजनाको मृत्यु



एजेन्सी : फ्रान्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पहिलो पटक एक जनाको एकजनाको मृत्यु भएको छ ।

६० वर्षीय एक फ्रान्सेली वृद्धको मृत्यु भएको फ्रान्सेली स्वास्थ्य प्राधिकरणका निर्देशक जेरोमी सालोमोनले बुधबार जानकारी दिएका छन् ।

यसअघि फ्रान्समा कोभिड–१९ को संक्रमणबाट ८० वर्षीय चिनियाँ नागरिक भ्रमणमा रहेको बेला मृत्यु भएको थियो। फ्रान्समै थप चार जनामा संक्रमण भेटिएको र त्यसमध्ये दुई जना इटालीबाट फर्किएका रहेको डेली मेलले जनाएको छ।

ती चार जनामा संक्रमण भेटिएपछि फ्रान्समा कोरोना संक्रमित नागरिकको संख्या १७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्