किन खादैनन् यी नेपाली कलाकारले मासु ?



निखिल उप्रेती :


निखिल उप्रेति नेपालका एक चर्चित एक्सन् अभिनेता हुन्। उनलाई नेपालको एक चर्चित नायकका रूपमा लिइन्छ। उनको पहिलो र सफल चलचित्र पिंजडा हो। उनलाई नेपाली चलचित्र उद्योगकै उत्कृष्ट एक्सन् अभिनेता एबम् स्टन्ट कर्ताका रूपमा लिइन्छ र नेपालि चलचित्र जगतमा एक्सन् चलचित्रहरू प्रति दर्शक्को रुचिको प्रेरणा श्रोतको रुपमा हेरिन्छ। उनले अहिले सम्म ११० वटा भन्दा बढि चलचित्रहरूमा अभीनय गरि सकेका छन र अनेक पुरस्कारहरू पनि प्राप्त गरेका छन्। जन्मिएदेखि करिब १० वर्षको उमेरसम्म अभिनेता निखिल उप्रेतीले मासुको स्वाद थाहा पाएनन् । मासु पाकेको दिन भान्सामै प्रवेश नगर्ने उनको बानी थियो, दस वर्ष लागेपछि भने उनको मुड अचानक परिवर्तन भयो । उनी यसरी मांसाहारी भए कि परिवारका सबै सदस्य आश्चर्यमा परे । हुँदा हुँदा उनी मासु बिना खाना नै नरुच्ने अवस्था सम्म पुगे । करिब २० वर्षसम्म निखिलको हरेक छाकको खानामा मासु अनिवार्य झैँ हुन्थ्यो । ३० वर्ष पुग्नै लाग्दा चलचित्रमा स्थापित भैसकेका उप्रेती आध्यामिकतर्फ आकर्षक भए । झन्डै आठ वर्षअघि ध्यानमा लीन भएको अबस्थामा उनको मासु नखाने प्रण गरे ।

निशा अधिकारी :


निशा अधिकारी नेपाली चलचित्र क्षेत्रको अभिनेत्री, मोडल, भिजे तथा आरजे हुन् । उनले चलचित्र मिसन पैसाबाट नेपाली चलचित्र क्षेत्रम प्रवेश गरेकी थइन् । अभिनेत्री बन्नुपुर्व निशा नेपाली मोडेल थिइन् । निशाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पनि गरिसकेकी छिन् । अभिनेत्री निशा शतप्रतिशत शाकाहारी हुन् । माछा मासुको स्वादैथाहा नपाएकी निशा सागपात भनेपछि हुरुक्क हुन्छिन् । निशाले रायोको सागकै कारण आफू तन्दरुस्त भएको दाबीसमेत गर्छिन्। रायोको सागबाहेक उनी ब्रेकफास्ट तथा स्न्याक्सका रुपमा फलफूल खान रुचाउँछिन् ।

दीपकराज गिरी :

Image result for दीपकराज गिरी


अभिनेता तथा निर्देशक दीपकराज गिरी कुनै बेलामा माछा मासु खान्थे । सहकर्मी दीपाश्री निरौला लामो समयदेखिकी शाकाहारी भएकोले दीपकलाई पनि बिस्तारै माछा मासु त्याग्न सहज भयो । दुई वर्षअघिसम्म अण्डालाई खानामा समावेश गरिरहेका दीपक त्यसयता पूर्ण रुपले शाकाहारी छन् । लामो समयदेखि मासु खान छोड्ने आफ्नो चाहनालाई कब्जियत तथा फिस्टुलाले सहयोग पुयाएको दीपकको कथन छ । त्यसअघि उनी हरेक वर्षको साउन, भदौ तथा असोज महिना पूर्ण शाहाकारी हुन्थे । दुई वर्षयता भने उनी शतप्रतिशत शाकाहारी भएका छन् ।

दीपाश्री निरौला :


दीपाश्री निरौला नेपाली चलचित्रकी अभिनेत्री तथा हाँस्यकलाकार हुन्। रेडियो नाटकबाट आफ्नो अभिनय सुरु गरेकी उनले केहि हाँस्य टेलिचलचित्रमा अभिनय गरिसकेकी छिन्। अभिनेत्री तथा निर्देशक दीपाश्री शाकाहारी भएको दुई दशकभन्दा बढीभयो । दुई दर्शकअघि एउटा ध्यान कुन्द्रमा पुगेपछि दीपालाई मासु खानै मन लागेन । त्यसअघि उनी सामान्य रुपमा मासु खान्थीन् । मांसहारीका रुपमा ध्यान गर्दा मन एकाग्र हुन नसकेपछि उनी चटक्क मासु छाडेर शाकाहारी बनेकी हुन् । शाकाहारी भएको केही महिनापछि विराटनगरमा परिवारका सदस्यहरुको करले मासु खाँदा उनलाई बान्ता भयो । त्यसपछि उनले आजसम्म मासु खाएकी छैनन् ।

दिलीप रायमाझी :

अभिनेता दिलीप रायमाझी भात भनेपछि हरुक्क हुने कलाकार हुन् । यद्यपि उनी जन्मजात शाकाहारी हुन् । आफनी आमा शाकाहारी भएकोले रायमाझीले कहिल्यै मासुको स्वाद चाखेनन् । परिवारमा छोरी तथा श्रीमतीले कहिले काही मासु खाने रहर गरे भने उनी त्यो रहर भने पूरा गरिदिन्छन् ।

प्रदिप खड्का :


दीप खड्का एक नेपाली अभिनेता, मोडल र नेपाली चलचित्रका निर्माता हुन्। जो चलचित्र ‘प्रेम गीत’ पछि सफल स्थापित भएका थिए। उनले सन् २०११ मा अभिनेता र निर्माताको रूपमा चलचित्र ‘इस्केप’बाट चलचित्र क्षेत्रमा पाइला राखेका थिए। चलचित्र प्रेमगीत बाट स्थापित भएका अभिनेता प्रदीप खड्का लामो समयसम्म शाकाहारी रहे । चलचित्र ‘प्रेमगीत २’ का लागी सिक्स प्याक बनाउन उनको शरीरमा प्रोटिनको मात्रा बढाउनुपर्ने भयो । त्यहि भएर केही उनी शाकाहारीबाट मांसहारी भए । त्यसपछि फेरी उनी शाकाहारी नै भए। स्वस्थ तथा आकर्षक देखिन आफुले मासु त्यागेको खड्का बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्