सभापति देउवाद्धारा नेपाल ट्रष्टको जग्गा सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट


काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन् ।

उनले आज एक विज्ञप्तिमार्फत आफ्नो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा आफ्नो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति गम्भीर असहमति प्रकट गरे । उनले नेपाल ट्रष्ट सम्पत्ति व्यवस्थापनसम्बन्धी यही फागुन १३ गते सार्वजनिक गरिएको विवरणले भ्रम सिर्जना गरेको भन्दै सोबारे स्पष्ट पारेका हुन् ।

“वि.सं.२०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको थियो । अत : यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले गलत छ”, विज्ञप्तिमा उल्लेख छ ।

यो प्रकरणलाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा भएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रुपमा लिएको सभापति देउवाले आरोप लगाए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल प्रहरीले विदेशबाट फर्किएका नेपालीहरुमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखापर्न थालेपछि विदेशबाट आउने सबैलाई

उदयपुर : उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा कोरोनाभाइरस (कोभिड–१९)को आशंकामा भर्ना भएका एक जना बिरामी

वीरगन्ज– विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन विभिन्न समाजिक अभियान्ता स्थानियको

काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि विश्व बैंकले

काठमाडौं : अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको सरकारी आदेशविरुद्ध तपाईँ विना काम वा

जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रास एवं निरन्तरको लकडाउनका कारण जनकपुरधामस्थित

काठमाडौं : सरकारले कोरोनाभाइरस सङ्क्रमणको परीक्षण आउँदो सातासम्ममा नेपालगञ्ज र पोखरामा पनि सुरु गर्न सकिने

काठमाडौं : काठमाडौं उपत्यका बाहिर फेरी एक युवतीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ

एजेन्सी : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको

काठमाडौं : इटलीले कोरोनाभाइरसको सङ्कटका कारण अन्तिम संस्कारको आयोजनामा प्रतिबन्ध लगाएको छ। कोरोनाभाइरसले आफ्ना दिवङ्गत

वीरगन्ज– वीरगन्ज महानगरपालिकाले महानगरक्षेत्रमा विषादी छर्ने काम शुरु गरेको छ । कोरोना भाइरस (कोभिड १९)

काठमाडौं : नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट नेपालगन्ज पुगेको