बिहिबार : के कार्य गर्दा शुभ र के गर्दा अशुभ हुन्छ ?



एजेन्सी : हामी थोरै मात्र मानिस कुनै कार्य गर्दा बार हेरेर कुन बार के कार्य गर्दा ठिक हुन्छ वा कुन बार के गर्दा ठिक हुँदैन भनेर गर्ने गर्छौँ ।

तर हामी धेरै मानिस कुनै कार्य गर्दा धर्मशास्त्र अनुसार गर्दैनौं जे सुकै काम होस् जुनसुकैबार गरी रहेका हुन्छ । धर्मशस्त्रले भन्छ कुनै कुनै कार्य गर्दा जुनसुकै बार गर्नु हुँदैन यसरी गर्न नहुने बारमा ती कार्यहरु गरेमा अशुभ हुन्छ, जिवनभर समस्या आईरहन्छ, जिवनमा दुःख पिडा भईरहन्छ । जस्तै बिहिबार के कार्य गर्दा शुभफल मिल्छ र के कार्य गर्दा अशुभ फल प्राप्त हुन्छ तल भनिएको छ ।

यी कार्यहरु बिहिबार गर्दा शुभफल प्राप्त

धर्मकर्म गर्नु :- ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । बिहिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने शास्त्रमा भनिएको छ ।

लक्ष्मीको पूजा गर्नुहोस :- बिहिबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पतिपत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।

बिहिबार यी कार्य गरेमा अशुभ फल प्राप्त :

रौं काट्नु हुँदैन :- बिहिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । बिहिबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

कपाल नुहाउनु हुँदैन :- शास्त्रमा बिहिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले बिहिबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिको रुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । बिहिबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

दारी काट्ने वा नङ काट्ने गर्नु हुँदैन :- बिहिबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य बिहिबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ ।

भारी कपडा धुने र फोहोर हटाउने काम नगर्नु नै उत्तम :- बिहिबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि बिहिबार नगर्नु नै उत्तम हुन्छ । बिहिबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । बिहिबारको दिन ठूला-ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ ।

बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । बिहिबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहिबार नगर्नु नै राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्