‘न्यायालय सुधार्न आयोग चाहिंदैन’



काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले न्याय सुधार आयोग गठन गर्नुपर्ने औचित्य नभएको बताएका छन् । आज पत्रकारसँगको छलफलमा प्रधानन्यायाधीश राणाले तत्काल न्याय सुधार आयोग गठन गर्नुपर्ने अवस्थामा नरहेको बताए ।

न्यायालय सुधारका विषयमा सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकमै सम्पूर्ण कुराहरू छलफल भई अघि बढ्न सक्ने अवस्था भएकोले हालै त्यस्तो आयोगको आवश्यकता नरहेको राणाले स्पष्ट पारेका छन् । राणाले मुद्दा तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरी स्वचालित प्रणालीमा जान आवश्यक नरहेको समेत बताएका छन् ।

कतिपय अवस्थामा विशिष्टीकृत क्षमता भएका न्यायाधीशका इजलासमा समेत मुद्दा तोक्नुपर्ने अवस्था रहेको उनको तर्क छ । कतिपय मौलिक अधिकारको रक्षाका लागि विशिष्टीकृत क्षमताको अभावमा त्यस्तो नहुने भएकाले हामी तत्कालै स्वचालित प्रणालीमा जान सक्ने अवस्था छैन,’ राणाले थपे ।

पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पालामा प्रधानन्यायाधीशको समेत अधिकार कटौती गरी मुद्दा तोक्ने अधिकार समेत स्वचालित प्रणालीमा लैजाने सम्बन्धमा आयोग गठन गरेका थिए । सो आयोगको प्रतिवेदन अहिले पूर्ण बैठकमा पेश भइसकेको राणाले बताए।

प्रतिक्रिया दिनुहोस्