नेप्से परिसूचक ६ अंकले बढ्याे



काठमाडौं : साताको दोस्रो दिनकाे कारोबारमा नेप्से परिसूचक ६ दशमलव १६ अंकले बढेर १ हजार २ सय २० दशमलव ५२ बिन्दुमा आइपुगेको छ।

 

सोमबार १ सय ६३ कम्पनीको सेयर किनबेच गर्दा ३७ करोड १६ लाख ५६ हजार ९ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ।

 

पछिल्लो केही दिनदेखि निरन्तर उच्च कारोबार भएको बैंकिङ समूहअन्तर्गत कम्पनीहरुको अाज पनि उच्च कारोबार भएको छ। सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको सेयर कारोबार भएको छ।

 

माछापुच्छ्रे बैंकको ९ करोड ६९ लाख ९ हजार ९ सय १३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो। त्यस्तै, एनआर्इसी एसियाकाे १ करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

 

सोमबार जीवन बिमा र अन्य समूहबाहेक अरु सबै समूहकाे सेयर काराेबार उकालाे लागेकाे छ। जीवन बिमा समूह ४ दशमलव ७१ अंकले र अन्य समूह ३ दशमलव ९५ अंकले घटेको छ। सर्वाधिक कमाउनेमा होटल समूहअन्तर्गतका लगानीकर्ता रहेका छन्। समूहको सेयर मूल्य ४८ दशमलव ४३ अंकले बढेको छ।

 

सोमबार सर्वाधिक कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय ३५ रुपैयाँले बढेको छ। यता सर्वाधिक गुमाउनेमा मन्जुश्री फाइनान्सका लगानीकर्ता रहेका छन्। फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँले घटेको छ।

प्रतिक्रिया दिनुहोस्