पाल्पामै पहिलो साझा सुविधा केन्द्र स्थापना हुने


तानसेन : पाल्पाका नागरिकले स्थानीयस्तरमा उत्पादन गरेका सामग्रीको बिक्रीवितरणमा सहज सुविधा पु-याउन साझा सुविधा केन्द्र स्थापना हुने भएको छ । तानसेन नगरपालिका वडा नं ८ मदनपोखराको चाउरीपोखरामा करीब रु ३० लाखको लागतमा केन्द्र स्थापना गर्न लागिएको वडाध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिए ।

नगरपालिका र घरेलु तथा साना उद्योग समितिको साझेदारीमा केन्द्र स्थापना गर्न खोजिएको हो । भवन निर्माणका लागि घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले रु १० लाख विनियोजन गरेको छ भने नपुग नगरपालिकाले व्यवस्थापन गर्नेछ । भवन निर्माण तथा व्यवस्थापनका लागि दुर्गाबहादुर सारु अध्यक्ष रहेको ११ सदस्यीय समिति गठन गरिएको छ । गङ्गा सुनार संयोजक रहेको लेखा, लक्ष्मी विक संयोजक रहेको व्यवस्थापन तथा भण्डार र सारु संयोजक रहेको खरीद समिति गठन गरिएको छ ।

वडाध्यक्ष घिमिरेका अनुसार पाल्पामै एक मात्र साझा सुविधा केन्द्रमा कोसेली घरमा जस्तै स्थानीयस्तरमा उत्पादित पाल्पाली ढाका, चुरापोते, बेतबाँसबाट निर्मित सामग्रीलगायत बिक्रीका लागि राखिने व्यवस्थापन समितिका अध्यक्ष सारुको भनाइ छ ।

ढाका सङ्घ पाल्पाका सदस्य सारुले आफूले करीब ३०/३५ वर्षदेखि ढाकाको व्यवसाय गरे पनि अब बल्ल बिक्रीका लागि सहज हुने बताए । तरकारी खेतीका लागि मुख्य क्षेत्रका रुपमा परिचित माडी मदनपोखरा क्षेत्र नजीकै साझा सुविधा केन्द्र स्थापना गरेर स्थानीयस्तरको सीपको प्रचारप्रसार गर्नसमेत सजिलो हुने वडाध्यक्ष घिमिरेको भनाइ छ ।

उहाँका अनुसार स्थानीय कुखुरा, बेतबाँसका कुर्सी, टेबललगायत सामान, ढाका, चुरापोते, साडीमा बुट्टा भर्ने सीप भएका नागरिकको सीपको विकास गर्दै बिकी्र कक्ष राखेर बिक्री गर्ने र धेरै उत्पादन भए अन्यन्त्र बजारमा लैजाने व्यवस्था मिलाइने छ ।

स्थानीयस्तरका विभिन्न सामग्री नागरिकले उत्पादन गरे पनि बिक्रीका निम्ति सहज सुविधा नभएपछि निरुत्साहित भएका परिवेशमा सुविधा केन्द्र स्थापना हुने भएपछि उद्योगी व्यवसायी खुशी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धादिङ : दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई

काठमाडौं : थप तीन जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएको पुष्टि भएपछि सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको

कुवेत : कुवेतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट पहिलो व्यक्तको मृत्यस भएको छ । त्यहाँको सरकारी समाचार

काठमाडौं : कोरोनाभाइरस नियन्त्रण गर्न उदाहरणीय काम गरेको भन्दै प्रशंसा भइरहेको दक्षिण कोरियामा मानिसहरूबीच दूरी

काठमाडौं : केही दिन अघि काठमाण्डू प्रेस डट कममा प्रकाशित एउटा समाचार उक्त न्यूज पोर्टलको

काठमाडौं : स्पेनमा कोरोनाबाट एकैदिन ८०९ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा कोरोनाबाट मृत्यु

काठमाडौं : महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे बहराइनका समकक्षीसँग टेलिफोन गरी

काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेको

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को नयाँ तीन जना संक्रमित फेला परेको छ । सुदूरपश्चिम जिल्लाको

बेइजिङ : चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा मौनधारण गरिएको छ । संक्रमणबाट मृत्यु

जनकपुरधाम– जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा कोरोनाको आशंकामा राखिएका ५ जनाको रिपोर्ट निगेटिभ आएको छ