घसियारनका लागि सभाहल र घाँस बिक्रीस्थल निर्माण


नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ८ मा रहेको घाँसमण्डीलाई व्यवस्थित गर्ने भएको छ । घाँसमण्डी रहेको स्थानमा घसियारनलगायतका विपन्न समुदायको प्रयोगका लागि सभाहल र घाँस बिक्रीस्थल निर्माण गर्न लागिएको छ । सभाहलसँगैको तोकिएको स्थानमा घसियारन समुदायले घाँस बिक्री गर्न पाउनेछन् ।

उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले आज घाँसमण्डी सभाहल निर्माणको शिलान्यास गर्नुभयो । घसियारनलगायत विपन्न समुदायको विवाहलगायत अन्य कार्यमा प्रयोग गर्ने मुख्य उद्देश्यले सार्वजनिक सभाहल निर्माण गर्न लागिएको वडा नं ८ का अध्यक्ष सुरेन्द्र वैश्यले जानकारी दिए ।

निर्माणका लागि रु ५० लाख खर्च लाग्ने अनुमान गरिएको जानकारी दिँदै वडाध्यक्ष वैश्यले यस वर्ष १० लाखमा काम शुरु गरिएको बताए । नेपालगञ्जका सीमान्कृत घसियारन समुदायलाई घाँस काट्ने जाति भनेर चिनिन्छ । यो समुदायका व्यक्ति घाँस काटेर बेच्ने र आफ्नो जीविकोपार्जन गर्ने गर्दछन् ।

घसियारन समुदायको नेपालगञ्ज वडा नं ८ मा बसोबास छ । यो समुदायका व्यक्ति शिक्षाको पहुँचबाट टाढा नै छन् । उक्त वडामा घसियानर समुदायको ३२ घरधुरी छ । अहिले पनि यो समुदायका व्यक्ति घाँस काटेर र दुना टपरी गाँसेर आफ्नो दैनिकी चलाइरहेका छन् ।

“पुर्खादेखि नै यही पेशा अपनाइएपछि आफूहरुले पनि घाँस काटेर बिक्री गर्ने कामलाई नै निरन्तरता दिँदै आएको हो”, घसियारन चप्पावतीले भने, “अरु केही पेशा गरौँ भन्ने चाहना छ, तर पर्याप्त रकम नभएकाले घाँस काटेर बेच्नुबाहेक अरु विकल्प पनि त छैन ।”

घसियारन भनेर चिनिने समुदायको घाँस काटेर बिक्री गर्ने नै मुख्य व्यवसाय हो । महिला अरुका घरमा घाँस काट्ने र जङ्गलबाट ल्याएको दुुना टपरी गाँस्ने गर्दछन् भने पुरुष अर्काको मजदुरी गरेर आफ्नो परिवारका आवश्यक्ता पूर्ति गर्दछन् । यो समुदाय शिक्षाको पहुँचभन्दा टाढा रहेको छ ।

कसै–कसैले घुम्ती तथा ठेलागाडा पसल पनि सञ्चालन गरेको पाइन्छ । धेरैजसो महिला घरको काममा हुन्छन् भने पुरुष फर्निचर, इँटा गारोको काम गर्ने गर्दछन् । घसियारन बसोबास गर्ने नेपालगञ्ज वडा नं ८ कार्यालयले उनीहरुको जीवनस्तर माथि उठाउन आर्थिक आयआर्जनको योजना बनाएको वडाध्यक्ष वैश्यले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धादिङ : दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई

काठमाडौं : थप तीन जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएको पुष्टि भएपछि सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको

कुवेत : कुवेतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट पहिलो व्यक्तको मृत्यस भएको छ । त्यहाँको सरकारी समाचार

काठमाडौं : कोरोनाभाइरस नियन्त्रण गर्न उदाहरणीय काम गरेको भन्दै प्रशंसा भइरहेको दक्षिण कोरियामा मानिसहरूबीच दूरी

काठमाडौं : केही दिन अघि काठमाण्डू प्रेस डट कममा प्रकाशित एउटा समाचार उक्त न्यूज पोर्टलको

काठमाडौं : स्पेनमा कोरोनाबाट एकैदिन ८०९ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा कोरोनाबाट मृत्यु

काठमाडौं : महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे बहराइनका समकक्षीसँग टेलिफोन गरी

काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेको

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को नयाँ तीन जना संक्रमित फेला परेको छ । सुदूरपश्चिम जिल्लाको

बेइजिङ : चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा मौनधारण गरिएको छ । संक्रमणबाट मृत्यु

जनकपुरधाम– जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा कोरोनाको आशंकामा राखिएका ५ जनाको रिपोर्ट निगेटिभ आएको छ