दशगजा फोहरले दुर्गन्धित



कपिलवस्तु : यहाँको नेपाल–भारत दशगाज क्षेत्र दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ । भारतसँग नजिकै रहेको बजारको रुपमा परिचित कृष्णनगर, मर्यादपुर, चकलचौडाको दशगजामा फोहर व्यवस्थापन हुन नसक्दा दुर्गन्धित बन्दै गएको हो ।

दशगजा खुला भएपछि यहाँका व्यवसायी र स्थानीयले सो क्षेत्रमा दिनहुँ फोहर फाल्ने र त्यसको प्रभावकारी व्यवस्थापन हुन नसक्दा यहाँको बजारनै दुर्गन्धित हुँदै गएको छ ।

फोहर व्यवस्थापन गर्न कहीबाट पहल नभएको पत्रकार अंकुश श्रीवस्तावले बताउनुभयो । उनले भने, “यसमा दुवै देशका सरकारी निकायको चासो कम छ । एकले अर्काले गर्छ कि भनी मुख ताकेजस्तो देखिन्छ, यसले गर्दा बजार नै प्रदूषित भएको छ ।” फोहर व्यवस्थापनमा भारतीय पक्षले पनि चासो देखाउने गरेको छैन ।

दशगजामा भएको दुर्गन्धले तेस्रो मुलुक हुँदै नेपाल आउने र भारत जाने पर्यटकलाई समेत नकारात्मक असर परेको स्थानीय समाजसेवी राजेश यादवले बताए । नजिकको वातावरण प्रदूषित हुँदा व्यापारसमेत कम हुने गरेको दुवै देशका व्यापारी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्