वर्षा शिवाकोटी र बिजु पार्की अभिनित ‘तिम्रो दिलको चाबी’ रिलीज (भिडियो)



काठमाडौं : गीतकार दिपकराज पाठकको नयाँ गीत ‘तिम्रो दिलको चाबी’ युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

गीतमा संगीतकार बिपिन आचार्यको संगीत र एरेन्ज रहेको छ भने माण्डवी त्रिपाठी र राजन श्रेष्ठको आवाज समाबेश छ ।

गीतको म्युजिक भिडियोमा नायिका वर्षा शिवाकोटी र मोडल बिजु पार्की फिचर्ड छन् ।

प्रमोद के भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई निर्देशन गीतकार दिपकराज स्वयंले गरेका छन् । बासु बरालले छायांकन गरेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ ।

पछिल्लो समय गीतकार पाठक फरक फरक कन्सेप्टमा म्युजिक भिडियोको निर्देशनमा समेत ब्यस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्