चितुवाको छालासहित दुई पक्राउ



सुर्खेतः चिुतवाको दुईथान छालासहित सुर्खेतमा दुईजना पक्राउ परेका छन्। प्रदेश ५ बाट खटिएको अपराध अनुसन्धान व्युरोको विशेष प्रहरी टोलीले पछ्याउँदै गर्दा आइतबार दिउँसो सुर्खेतबाट छालासहित पक्राउ गरको हो।

 

आइतबार दिउँसो साढे तीन बजे वीरेन्द्रनगर-३ एरिचोकबाट कालिकोट रास्कोट नगरपालिका-४ सिउनाका २९ वर्षीय टंकप्रसाद उपाध्याय र प्रभाकर उपाध्यायलाई छालासहित पक्राउ गरेको छ।

 

उनीहरुको साथबाट सानो ध्वासे चिुतवाको एक थान र एकथान वयस्क चितुवाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार छालासहित वीरेन्द्रनगरमा बस्दै आएका उनीहरुलाई सुर्खेत प्रहरीको समन्वयमा पक्राउ गरिएको हो। छालासहित पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्