सेलर मिलको पट्टामा बेरिएर पर्सामा एक महिलाको मृत्यु



वीरगन्ज : पर्सामा सेलर मिलको पट्टामा बेरिएर एक महिलाको ज्यान गएको छ । धोबिनी गाउँपालिका–३ हरिहरपुरकी ४२ वर्षीया ललिता देवी ठाकुरको सेलर मिलको पट्टामा बेरिएर ज्यान गएको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नै सेलर मिलमा बिहान धान कुटाउने क्रममा मिलको पट्टालाई जोडिने सापटमा साल बेरिएपछि दुर्घटना भई महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र सिंहले बताए ।

घटनास्थल पुगेको प्रहरीले घटनाबारे मुचुल्का उठाई थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी निरिक्षक सिंहले बताए ।

मृतक महिलाको शव पोष्टमार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याइएको छ र शव परिक्षण पश्चात आफन्तको जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्