फ्रान्स पठाइदिने भन्दै ३८ लाख ठगी गर्ने एक महिला पक्राउ



काठमाडौं : फ्रान्स पठाइदिने भन्दै ३ जनाबाट ३८ लाख ५० हजार ठगेको आरोपमा एक महिलालाई प्रहरीले समातेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले तारकेश्वर नगरपालिका–१९ बासुकिनाग मार्ग मनमैजु की ४३ की पूर्णिमा श्रीषलाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार पूर्णिमाले फ्रान्समा (प्याकिङ फुड) कामको लागि पठाइदिने भन्दै शिरबहादुर थापासहित ३ जनालाई ठगी गरेकी थिइन् ।

रकम लिएर पूर्णिमा फरार भएपछि पीडित महाशाखा पुगेका थिए । घटनाबारे प्रहरी परिसर काठमाडौँले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्