पतिभन्दा १० वर्ष जेठी छिन् प्रियंका चोपडा, निक भन्छन्, ‘मलाई केही फरक पर्दैन’



एजेन्सी : बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग विवाह गरिन् । उनीहरुको विवाहपछि सामाजिक सञ्जालमा निक र प्रियंकाको निकै चर्चा समेत भयो । उनीहरुको जोडीलाई धेरैले मन पनि पराए ।

तर यो जोडी ट्रोलमा पनि उत्तिकै छायो । प्रियंकाभन्दा १० वर्ष कान्छा निक उमेरकै कारणले समय सयममा चर्चामा आइरहन्छन् ।

प्रियंका अहिले ३७ वर्षकी भइसकेकी छिन् भने निक २७ वर्षका मात्र भएका छन् । उनीहरुलाई समय सयममा उमेरको विषयलाई लिएर उनीहरुमाथि प्रश्न उठ्ने गर्छ ।

पछिल्लो समय एउटा रियालिटी शोमा निर्णायकको भूमिकामा रहेका निकलाई एकजनाले उनीहरुको उमेरलाई लिएर एक जनाले प्रश्न गरेका छन् ।

निकले आफूलाई आफ्नी पत्नीको उमेरले केही फरक नपार्ने बताएका छन् । उनले सञ्चार माध्यमले जति उमेरलाई चासो दिएपनि आफूलाई केही फरक नपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्