रगताम्य अवस्थामा भेटियो श्रीमान–श्रीमतीको शव



कञ्चनपुर : कञ्चनपुरमा रगताम्य अवस्थामा श्रीमान श्रीमती शव भेटिएको छ ।

बिहिबार शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा आफ्नै निवासमा जयलाल भण्डारी र धना भण्डारी विभत्स अवस्थामा फेला परेका हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरु श्रीमान र श्रीमती भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक सुरत कार्कीले दुवैजना रगताम्य अवस्थामा फेला परेको र थप अनुसन्धानको लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर झिकाइएको बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्