नेप्से परिसूचक उच्च अंकले वृद्धि, साढे ४ अर्बको कारोवार


काठमाडौं : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अंकले वृद्धि हुनेक्रम आज पनि जारी रहेको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज नेप्से परिसूचक ३६.०५ अंकले बढेर १ हजार ६३२.१७ मा पुुगेर रोकियो । यस्तै सेन्सेटिभ परिसूचक ११.६३ अंकले बढेर ३४७.६८ मा पुुगेको छ । जुन प्रतिशतका आधारमा ३.४६ हो ।

नेप्सेमा भारी वृद्धि हुँदा कारोवार रकम झण्डै साढे ४ अर्ब पुुगेको छ । आज कूल १८० कम्पनीका १ करोड ८ लाख ५९ हजार ६५६ कित्ता शेयर ४ अर्ब ४६ करोड ५ लाख ३६ हजार २५१ मा खरिद बिक्री भयो ।

नेप्सेमा भारी वृद्धि हुँदा कारोवार भएका कूल १२ मध्ये ३ उपसमूहको शेयर मात्र उकालो लागेको छ । बैंकिङ ८३.२९ अङ्कले बढ्दा विकास बैंक ३८.६५ र उत्पादन उपसमूहको शेयर १६.४५ अंकले बढेको छ । व्यापार ४८.४३, होटल २७.६२, जलविद्युत् २१.५, वित्त ८.५२, निर्जीवन बीमा २१३.३९, अन्य २२.५३, लघुवित्त ५६.३५, जीवन बीमा १६४.६३ र सामूहिक लगानी कोषको ०.१६ अंकले घट्यो ।

कारोवार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु २८ करोड ९२ लाख ३७ हजार २८३ मा खरिद बिक्री भयो । यस्तै एनआइसी एशिया बैंकको रु २० करोड ५९ लाख ४६ हजार ५०५, एनएमबी बैंकको १५ करोड ७० लाख ६१ हजार २३८, नवील बैंकको रु १५ करोड ३० लाख ६७ हजार ५७८, शिवम् सिमेन्टको रु १४ करोड ८९ लाख ६७ हजार ८७ र प्रभु बैंकको शेयर रु ११ करोड ८३ लाख १७ हजार ८९० मा खरिद बिक्री भयो ।

आज सबैभन्दा बढी एभरेष्ट बैंकका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै नेपाल एसविआइ बैंकका ९.९४, हिमालन बैंकको ९.९२, नवील बैंकको ९.७७, वमि माइक्रोफाइनान्स वित्तीय संस्था ९.३१, स्टाण्र्डड चार्टड बैंकको ८.७० र एनआइसी एशिया बैंकका लगानीकर्ताले ८.२० प्रतिशतले कमाए ।

परिसूचक बढे पनि आज सबैभन्दा बढी नाग्दी ग्रुप पावरका शेयरधनीले ६.७१ प्रतिशतले गुमाए । सिनर्जी पावर ६.५०, समृद्धि फाइनान्स ६.१९, साल्ट ट्रेडिङ कर्पोरेशन ४.९९, युनाइटेड इन्स्योरेन्स ४.८५ र नेपाल सेवा लघुवत्त वित्तीय संस्थाका शेयरधनीले ४.८१ प्रतिशतले गुमाए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : कुवेतमा थप एक नेपाली कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयले

जनकपुरधाम : प्रदेश २ मा बुधबार दिउँसोसम्म १ सय ४० जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको

काठमाडौंः नेपालमा कोरोनाभाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको

काठमाडौं : नेपाल पत्रकार महासङ्घले खोटाङ शाखाका सचिव उत्तम चौलागाईलाई प्रकाशित समाचारका विषयलाई लिएर नेपाली

बुटवाल : चैत १६ गते बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका बाबुराम थापको शव

काठमाडौं : नेपालमा अहिलेसम्म २ हजार ३ सय ६६ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ।

विराटनगर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामीको स्वाब नमुना

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जगदम्बाका सुलभ अग्रवाललाई सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान

काठमाडौं : विश्वभर कोरोना भाइरसका कारण अहिलेसम्म ८२ हजार १४८ जनाको ज्यान गईसकेको छ। यो

काठमाडौं : कोरोना भाइरसका कारण लोक सेवा आयोगले वैशाख‌ १ देखि ‌सञ्चालन हुने‌ परीक्षा अनिश्चिकालका

काठमाडौं : दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व

बाजुरा : अछाम जिल्लाको मेल्लेख गाउँपालिका र बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका जोड्ने बुढिगंगा नदीको पुल