सुन मूल्य बढ्यो



काठमाडौं : नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

बुधबार सुनको मूल्य तोलामा ७९ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा बिहीबार रु २०० ले बढेर ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै बिहीबार चाँदी तोलामा रु ५ बढेर ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्