पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रूपैयाँ कर



काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ ।

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा कर बढाउने निर्णय गरेको हो ।

सरकारले पूर्वाधार विकास करको दरमा इन्धनमा प्रतिलिटर ५ रूपैयाँ बढाउने निर्णय गरेसँग करको दर १० रूपैयाँ पुग्ने भएको हो।

सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमा इन्धनको करको दरमा ५ रूपैयाँ थप गर्ने निर्णय गरेको जानकारी दिएका छन्।

बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लागि भन्दै कर वृद्धि गरिएको हो।यसले इन्धनको मूल्य बढ्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्