सीपी मैनालीको उपचार ग्राण्डी अस्पतालमा



काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी अस्पतालमा भइरहेको छ।

नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि आज अपरान्ह काठमाडौं ल्याइएको हो। महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ कालापानीमा कार दुर्घटना हुँदा मैनाली घाइते भएका थिए।

टाउको र खुट्टामा चोट लागेका मैनालीको बर्दिवासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्