उपचारको क्रममा आशिषको मृत्यु



कैलाली : घोडाघोडी नगरपालीका-४ गैडाखेडाका एक युवाको काठमाडौंमा सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।

२३ वर्षिय आशिष भट्ट कार्यालय जाने क्रममा माइक्रोबसबाट खसेर घाइते भएको थिए । फागुन १२ गते बिहान कार्यालय जाने क्रममा किर्तीपुरमा माइक्रोबसबाट खसेर गम्भिर घाइते भएका भट्टको बयोधा अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उनका आफन्तले वताएका छन् ।

कैलाली बहुमुखि क्याम्पसमा स्नातकतह अध्ययन सकेका उनी रोजगारी र थप अध्ययनका लागि काठमाडौं बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्