‘ओली सरकारले विप्लव कार्यकर्तालाई झुट्टा मुद्दा लगाएर अमानविय यातना दिइरहेको छ’



काठमाडौं : प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले ओली नेतृत्वको सरकारले आफ्नो समर्थक र कार्यकर्तालाई झुट्टा मुद्दा लगाएर अमानविय यातना दिएको आरोप लगाएको छ ।

बिहिबार विज्ञप्ति जारी गर्दै अनेरास्ववियु (क्रान्तिकारी)ले लामो समयदेखि आफ्नो संगठनमाथि केपी ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएर गिरफ्तार गर्ने, जेलमा कोचेर यातना दिएको बताएको हो ।

अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालले सरकारको ध्यानाकर्षण गराउँन ५ बुँदे माग राख्दै पत्रकार सम्मेलनको आयोजना गरेको जानकारी दिएका छन् ।

अध्यक्ष ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो सङ्गठनलाई शान्तिपूर्ण रूपमा आन्दोलन तथा कार्यक्रम गर्ने वातवरण सिर्जना गराइदिन सरकालाई सामु गरेका छन् । साथै आफ्नो पार्टी माथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गराउन समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्