गगन थापाले भने, ‘हामी मन्त्री भएकाहरुको पनि सम्पत्ति छानबिन होस्’



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले मन्त्री बनेका र शासकीय जिम्मेवारीमा बसेका सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

पूर्व मन्त्री समेत रहेका थापाले बुधबार पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभामा पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न गरेको मागलाई समर्थन गर्दै मन्त्रीहरुको पनि सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै थापाले मन्त्री बनेका र शासकीय जिम्मेवारी लिएका र लिइरहेकाहरुले कसरी घर बनाएका छन् मात्रै होइन कसरी घर चलाएका छन् भन्ने कुराको समेत खोजी गरिनुपर्ने बताएका छन् ।

उनले आफू बाबुराम भट्टराईसँग पूर्ण सहमत भएको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्