साग पदक विजेताका लागि प्रस्तावित पुरस्कार अनुमोदन


काठमाडौं : सरकारले १३ औँ दक्षिण एशियाली खेलकूद (साग)का पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि प्रस्तावित पुरस्कार अनुमोदन गरेको छ ।

सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा सागका पदक विजेतालाई पुरस्कार दिन युवा तथा खेलकूद मन्त्रालयले गरेको खेलकूद पुरस्कार तथा सम्मान कार्यविधिको पहिलो संशोधनको प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गरेको जानकारी गराए ।

यससँगै सागका पदक विजेता खेलाडीलाई घोषित पुरस्कार प्रदान गर्न बाटो खुलेको छ । संशोधित कार्यविधिअनुसार सागका स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख पुरस्कार दिने उल्लेख छ ।

एउटा भन्दा बढी स्वर्ण जित्नेले प्रति स्वर्ण ११ लाख पाउने छन् । सो पुरस्कारबाट ४ स्वर्ण जितेकी गौरिका सिंह र २ स्वर्ण विजेता आयशा शाक्य र मन्डेकाजी श्रेष्ठ लाभान्वित हुने छन् ।
यस्तै सामूहिक खेलमा स्वर्ण विजेतालाई जनही ५ लाख, रजत विजेतालाई ३ लाख, कास्य जित्नेलाई २ लाख तथा स्वर्ण जितेको खेलका प्रशिक्षकलाई ५ लाख पुस्कार दिने व्यवस्था गरिएको छ ।

गत मंसिर तेस्रो साता नेपालमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको थियो । साग सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि विशेष प्याकेजको घोषणा गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरण प्रक्रिया एकद्वार प्रणालीमार्फत अगाडि बढाउन

काठमाडौं : सरकारले आन्तरिक खर्च कटौती गरेको छ। कोरोना भाइरसका कारण नेपाल पनि प्रभावित भएको

काठमाडौं : कोरोना भाइरसका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । लगातार तेस्रोपटक प्रतिनिधिसभाको बैठक

काठमाडौँ– नेकपाका नेता राम कुमार शर्माले स्वास्थ्य सामग्री खरिद गर्न सरकारले रक्षा मन्त्रालयसँगको समन्वयमा नेपाली

जनकपुरधाम : नेपाल सरकारको जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश नम्बर २ सरकारले विपन्न वर्गलाई राहत पुर्याउने

गलकोट : बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा

एजेन्सी : आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४९ हजार १ सय

काठमाडौं : सीमामा नागरिक अलपत्र परेका नागरीकलाई स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ गोवरियाका कृष्णदत्त भट्ट विगत चार दिनदेखि यहाँको सीमावर्ती भारतीय बजार वनबासामा

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका बागलुङ ढोरपाटन नगरपालिका

काठमाडौं : नेपाल आयल निगमले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई ५० करोड रकम