पुन : निर्माणमा रोकिएन अनियमितता


काठमाडौं : भूकम्पपछिको पुन : निर्माणमा सार्वजनिक रुपमा भएको अनियमितता रोक्न नसकिएको सरोकार भएका निकायका अधिकारीले स्वीकार गरेका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले आज आयोजना गरेको ‘भूकम्पपछिको पुन : निर्माण र पुन : स्थापनामा सदाचार, धारणा, समस्या र सुझाव’ विषयक छलफलमा राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले केही पीडितले रु तीन लाख अनुदान लिएर आधा रकममा एक कोठे भवन बनाएको पाइएको सुनाए ।

भूकम्प प्रभावित धेरै जिल्लामा यस्ता उदाहरण धेरै भए पनि प्राधिकरण लगायत पुन : निर्माण संलग्न निकायले यसलाई रोक्न भने सकेनन् । प्राधिकरणले तीन पटकसम्म पुन : जाँच गरिसकेकाले अब गर्न नसकिने उल्लेख गर्नुहुँदै उनले लाभग्राहीमा नपरी चित्त नबुझे पुनरावेदन समितिमा उजुरी गर्न सकिने व्यवस्था रहेको जानकारी गराए ।

टिआइ नेपालका अध्यक्ष एवं पूर्वसचिव खेमराज रेग्मीले भूकम्प प्रतिरोधी बलियो घर बनानउ अनुदान दिइएका पुरानै खाले एक कोठे घर बनाएर सार्वजनिक रुपमा भएको अनियमितता पहिल्यै ध्यान दिएको भए रोक्न सकिनेतर्फ प्राधिकरणको ध्यानाकर्षण गराए । टिआइ नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले बलियो घर निर्माणका लागि प्राविधिक सहयोग सरकारले प्रोत्साहन स्वरुप मात्र ३ लाख अनुदान दिएकामा घर निर्माण पूरै त्यही रकमले सकिनुपर्ने धारणा भूकम्प पीडितमा विकास भएको बताए ।

कार्यक्रममा टिआइ नेपालका वरिष्ठ अधिकृत विनोद भट्टराई भूकम्प पीडितलाई खर्बौ रुपैयाँ बाँड्दा भ्रष्टाचार नहुने गरी व्यवस्था मिलाउनु सकारात्मक भएको सुनाए । टिआइ नेपालले आजै काठमाडौं महानगरपालिका-८ को जयवागेश्वरी र ९ को गौशाला, ललितपुर महानगरपालिका-२१ को खोकना, गोदावरी नगरपालिका वडा नं. ११ को चापागाउँ, भक्तपुर नगरपालिका वडा नं. ४ को भक्तपुर दरबार स्क्वायर र सूर्यविनायक नगरपपालिका वडा नं.७ को गुण्डुमा सर्वसाधारणबाट भूकम्पपछिको पुन : निर्माणका बारेमा स्थानीयवासीसँग सुझाव संकलन गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : कोरोना भाइरसका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । लगातार तेस्रोपटक प्रतिनिधिसभाको बैठक

काठमाडौँ– नेकपाका नेता राम कुमार शर्माले स्वास्थ्य सामग्री खरिद गर्न सरकारले रक्षा मन्त्रालयसँगको समन्वयमा नेपाली

जनकपुरधाम : नेपाल सरकारको जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश नम्बर २ सरकारले विपन्न वर्गलाई राहत पुर्याउने

गलकोट : बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा

एजेन्सी : आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४९ हजार १ सय

काठमाडौं : सीमामा नागरिक अलपत्र परेका नागरीकलाई स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ गोवरियाका कृष्णदत्त भट्ट विगत चार दिनदेखि यहाँको सीमावर्ती भारतीय बजार वनबासामा

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका बागलुङ ढोरपाटन नगरपालिका

काठमाडौं : नेपाल आयल निगमले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई ५० करोड रकम

इजरायलका : इजरायलका स्वास्थ्यमन्त्री याकोभ लिजम्यानमा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनकी श्रीमतीमा पनि कोरोना

काठमाडौं : कुवेतमा एक जना नेपालीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।कुवेतस्थित नेपाली राजदूतावासले