घुस लिएको अभियोगमा मुद्दा


महेन्द्रनगर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका कञ्चनपुरको विष्णु धाम मन्दिरमा खड्कलिला निर्माणका लागि प्राप्त भएको सरकारी रकम दुरुपयोग गरेको अभियोगमा उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर विष्टविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आर्थिक वर्ष २०६५÷६६ मा प्राप्त ४ लाख ५० हजार दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । सरकारी स्रोतबाट प्राप्त भएको रकम गैरकानूनी रुपमा दुरुपयोग गरेको अभियोगमा अध्यक्ष विष्टविरुद्ध मुद्दा दायर गरिएको छ ।

यस्तै सरस्वती माध्यामिक विद्यालय छोटी पर्सिया कञ्चनपुरका शिक्षक इन्द्रसिंह थापाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ । सांस्कृतिक संस्थान जमलमा कार्यारत नृत्य कलाकार नरेन्द्रकुमार आलेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आजै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नेपाल प्रहरीमा कार्यरत प्रहरी नायब निरीक्षक विष्णुप्रसाद दलालीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । दैलेख नौमुले गाँउपालिका १ मा रहेको भैरव माविका प्रधानाध्याक नगेन्द्रबहादुर सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर बस्नेतलाई घुस लिएको अभियोगमा आयोगले पक्राउ गरेको छ ।

विद्यालयका शिक्षकको चौमासिक तलब र दशैँ खर्चबापतको रकम उपलब्ध गराई दिने प्रयोजनका लागि शिक्षकसँग ३० हजार घुस मागेको अभियोगमा आज पक्राउ गरिएको हो । नौमुले गाउँपालिका–१ मा रहेको एक बैंकको शाखा प्रबन्धकको कार्यकक्षबाट उनीहरुलाई पक्राउ गरिएको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरण प्रक्रिया एकद्वार प्रणालीमार्फत अगाडि बढाउन

काठमाडौं : सरकारले आन्तरिक खर्च कटौती गरेको छ। कोरोना भाइरसका कारण नेपाल पनि प्रभावित भएको

काठमाडौं : कोरोना भाइरसका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । लगातार तेस्रोपटक प्रतिनिधिसभाको बैठक

काठमाडौँ– नेकपाका नेता राम कुमार शर्माले स्वास्थ्य सामग्री खरिद गर्न सरकारले रक्षा मन्त्रालयसँगको समन्वयमा नेपाली

जनकपुरधाम : नेपाल सरकारको जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश नम्बर २ सरकारले विपन्न वर्गलाई राहत पुर्याउने

गलकोट : बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा

एजेन्सी : आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४९ हजार १ सय

काठमाडौं : सीमामा नागरिक अलपत्र परेका नागरीकलाई स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ गोवरियाका कृष्णदत्त भट्ट विगत चार दिनदेखि यहाँको सीमावर्ती भारतीय बजार वनबासामा

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका बागलुङ ढोरपाटन नगरपालिका

काठमाडौं : नेपाल आयल निगमले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई ५० करोड रकम