अमेरिका, दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास स्थगित


सियोल : संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाबीच निकट भविश्यमै हुन लागेको सैन्य अभ्यास स्थगित भएको छ ।

कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै दुबै मुलुकले सैन्य अभ्यास स्थगित गर्ने घोषणा गरेका हुन् ।

कम्बाइन्ड फोर्सेज कमान्ड (संयुक्त सैन्य कमान्ड) ले जारी गरेको पछिल्लो विज्ञप्तिमा कोरियाले कोरोना सङ्क्रमणको स्तर निकै गम्भीर मोडमा पुगेको जानकारी गराएकाले अर्को सूचना प्रकाशन नहुँदासम्म संयुक्त सैन्य अभ्यास स्थगित गर्नु परेको उल्लेख छ ।

कोरियाली प्रायःद्वीपमा आणविक अस्त्रको सम्भावित होडबाजीबीच सुरक्षाका लागि दक्षिण कोरियामा हाल संयुक्तराज्य अमेरिकाका करिब २८ हजार ५०० सैन्य तैनाथ छन् । अमेरिका बाहिर कोरियामा सबैभन्दा ठूलो संख्यामा अमेरिकी सेना तैनाथ छ ।

यद्यपी उत्तर कोरियासँगको सम्बन्ध सामान्यीकरण गर्ने र आणविक अस्त्र त्याग्न लगाउने प्रयास स्वरुप पछिल्ला केही समयदेखि संयुक्त सैन्य अभ्यासको संख्यामा कटौती गरिएका छन् । उत्तर कोरियाले भने विगत लामो समयदेखि अमेरिकी र दक्षिण कोरियाली सैन्य अभ्यासप्रति आपत्ति जनाउँदै आएको छ ।

कोरियाली सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बिहीबार अरु ५०० भन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको जनाएको छ । कोरोनाकै कारण कोरियामा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ ।

कोरियामा हालसम्म एक हजार ७७६ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रले जनाएको छ । चीनबाहिर यति ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएको कोरिया नै हो । –रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा

नुवाकोट : सामान्य दिनचर्या भएको भए अहिले नुवाकोटको भैरवी मन्दिर परिसरमा पुजारी, गुभाजु, द्वारे, स्थानीय

काठमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमणबाट ७६ हजार ३४० जनाको मृत्यु भएको छ। हालसम्म यस

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण संकटको बेला सँगै लड्न सरकारलाई

काठमाडौं : बेलायतले नेपालबाट आफ्नो नागरिकलाई फिर्ता लैजाने भएको छ । यसका लागि बेलायतले आफ्नो

भारत : भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राती भागेका एकजना नेपाली

काठमाडौं : नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ लिएका

काठमाडौं : कोरोनाभाइरस महामारीको त्रास फैलिएको बेला नेपालीहरूले पनि पूजापाठबाहेक घरको मूलढोका अगाडि आँगन खनेर

काठमाडौं : कोरोनाभाइरस सङ्क्रमणले संसारभरिकै अर्थतन्त्र थिलथिलो हुँदै गएपछि विश्वका एक सयभन्दा धेरै संस्थाहरूले संयुक्त

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को बार्षिक परीक्षा स्थगित गरेको छ

भक्तपुर : विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा

बझाङ : मुलुक नै कोरोनाभाइरस (कोभिड–१९)को त्रास र सन्त्राससँग जुधिरहेको बेला बझाङ जिल्लाको दबिस पाथिभेरा