कैटरिनाको ‘अफेयर’ को हल्ला चलेपछि सलमानलाई तनाव



एजेन्सी : पछिल्ला दिनहरुमा बलिउडमा कैटरिना कैफ र विक्की कौशलबीच बढेको निकटताले निकै चर्चा पाएको छ । दुवै एकसाथ थुप्रै कार्यक्रममा भेटिन थालेका छन् ।

तर कैटरिना र विक्की दुवैले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा भने गरेका छैनन् ।

भारतको एक सञ्चार माध्यमको अनुसार उक्त चर्चाले सलमान खानलाई तनाव भएको छ भने विक्की कौशल भने दुखी भएका छन् ।

सलमान खानले यसअघि पनि विवेक ओबरोय, जोन अब्राहम, शाहिद कपूर र अर्जुन कपूरजस्ता अभिनेताहरुमाथि रिस पोखिसकेका छन् । उनीहरुप्रति अझै पनि सलमान खान निकै रिसाएका छन् र उनीहरुलाई माफी दिन सकिरहेका छैनन् ।

आफ्ना प्रेमिका वा परिवारका सदस्यसँग जोडिएका यी माथिका नामहरुमा अब विक्की कौशल पनि परेका छन् ।

कैटरीना कैफसँग नाम जोडिएपछि सलमान खानले रणवीर कपूरसँग पनि सम्बन्ध बिगारेका थिए ।

प्रतिक्रिया दिनुहोस्