प्रदेश २ सभा बैठकमा मदरसा शिक्षा विधेयकउपर व्यापक छलफल



जनकपुरधाम : प्रदेश २ सरकारले सदनमा बहसको लागि ल्याएको मदरसा शिक्षासम्बन्धी विधेयकउपर आरोप प्रत्यारोप सुरु भएको छ ।

 

आज बसेको प्रदेशसभा बैठकमा मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव आउनासाथ प्रदेशसभा राजपाका प्रदेशसभा सदस्य मनीष सुमनले बोर्ड गठन , काम कर्तव्य र योग्यताउपर पुनः विचार गर्नुपर्ने बताए । उनले भने, ‘मदरसा शिक्षा बोर्ड आउनु राम्रो तर यस विसयमा अझै गम्भीर छलफल हुनुपर्छ । 

 

बोर्ड गठन गर्दा कानुनी रुपमा विचार गरी संघीय र स्थानीय सरकारको शिक्षा सम्बन्धमा के व्यवस्था गरेको छ त्यसलाई ध्यान दिनुपर्नेमा उनले जोड दिए । कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदश्य शिवचन्द्र चौधरीले मदरसा शिक्षा बोर्डबारे गम्भीरतापूर्वक विचार नगरे यसले हामीबीच नै गम्भीर मदभेद ल्याउन सक्ने चेतावनी दिए । उनले विधेयकले विखण्डन ल्याउन सक्ने बताए । 

विधेयकको पाना पल्टाउँदै चौधरीले भने, ‘के व्यक्तिसरह अधिकार बोर्डलाई दिन सकिन्छ र ? विधेयकमा पैसा विदेशबाट लिने कुरा उल्लेख भएको भन्दै उनले कसरी र क्ुन माध्यमबाट लिने भन्नेमा स्पष्ट पारिनुपर्ने मागसमेत राखे । उनले यस विधेयकमाथि पुनः छलफल र विमर्श आवश्यक रहेको बताए । 

 

मदरसा शिक्षा बोर्डबारे सभामा मञ्जु यादव, सीता गुरुङ, जगत यादवलागायत आधा दर्जन बढी सभासद्ले क्रा उठाएका थिए । सांसद जगत यादवले सदनको अनुशासन र मर्यादाभित्र बस्न आग्रहसमेत गरे ।

प्रदेशसभाको आजको ३३ औं बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहको अनुपस्थितिमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयकमाथि विचार प्रस्तुतपश्चात जवाफ सिबै सल्लाहलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताए ।   

प्रदेशसभाको अर्को बैठक असोज २३ गते मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । 

प्रतिक्रिया दिनुहोस्