पर्साका असईसहित तीनजना घुससहित पक्राउ



वीरगन्ज : अवैध वित्तिय कारोबार (हुण्डी) कारोबारी गर्ने तस्करसंग पर्सा प्रहरीले नै घुस लिएको फेला परेको छ ।

शान्ति सुरक्षा कायम गरी सीमा क्षेत्रमा हुने अवैध कारोबारलाई नियन्त्रण गर्न नेपाल–भारत सीमामा तैनाथ गरिएका इनरुवा प्रहरी चौकीका प्रहरी अधिकृत नै तस्करसंग घुस लिएर हुण्डी कारोबार गराउँदै आएको भेटिएको हो ।

प्रहरी सहायक निरिक्षक पुर्ण बहादुर तामाङलाई प्रहरीले नै घुसको रकम सहित पक्राउ गरेपछि सिमावर्ती शहर भारत रक्सौलका कुख्यात (हुण्डी) कारोबारीहरुको सेटिङ्गमा सिमामा अवैध कारोबारमा सघाउने गरेको भेटिएको हो ।

प्रहरी सहायक निरिक्षक तामाङ, प्रहरी हवल्दार विष्णु दयाल चौधरी र प्रहरी जवान राजकुमार गुरुङ्गलाई पर्सा प्रहरीले घुसको रकम सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको जिम्मा लगाएको छ ।

फाल्गुन ७ गते २० लाख हुण्डीको रकमसहित पक्राउ परेका एकजना तस्करसंग प्रहरी सहायक निरिक्षक तामाङले ७ लाख रुपैयाँ घुस लिएर उनलाई रकमसहित छाडेका थिए । घुसको रकम तामाङसहित चार जनाले बाँडफाँड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्