राष्ट्रिय युवा संघ नवलपरासीको एकता टुङ्गो



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवक संगठन राष्ट्रिय युवा संघ नेपाल पश्चिम नवलपरासीको एकता टुङ्गो लागेको छ ।

साविक युवा संघका युवराज डुम्रे संयोजक र साविक योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)का दीपक रानामगर सह–संयोजक रहने गरी ७१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ ।

जिल्ला कमिटीमा साविक युवा संघबाट ३८ र वाइसिएलबाट ३३ जना समावेश गरिएको नवगठित राष्ट्रिय युवा सङ्घका जिल्ला संयोजक युवराज डुम्रेले राससलाई जानकारी दिए । जिल्ला र स्थानीय तह कमिटीसम्म एकता सकिएको बताउँदै उनले भने, “संयोजक र सहसंयोजक केन्द्रले तोकेको थियो, अन्य सदस्यहरु साविकका कमिटीलाई आधार मानी जिल्ला पार्टी नेतृत्वसँगको छलफलबाट टुङ्गो लगाइएको हो ।”

उनका अनुसार जिल्ला कमिटीमा साविक युवा संघबाट दामोदर पाण्डेय, ज्ञानप्रसाद पाठक, वर्माकुमारी गुरुङ, नवीन डुम्रे, कमल अमात्य, श्रीकृष्ण न्यौपाने, मुन्नामिया सिद्धिकी, जयगोविन्द यादव, दानबहादुर चौधरी, जनक खाँड, विश्ववन्धु पोखरेल, रामु भण्डारी, धनप्रसाद भट्टराई, सुरज पाण्डे, सन्दीप अधिकारी, मिलन आचार्य, सुधा ज्ञवाली रहेका छन् ।

यसैगरी विक्रम पौडेल, विमल बगाले, भरतबहादुर पौडेल क्षेत्री, गणेश गैरे, विनोद पुन, राजु ढकाल, जानुका ओझा, सन्देश गुरुङ, धर्मराज भुसाल, भेषनारायण चौधरी, श्रीराम पौडेल, गोपिचन्द्र हरिजन, सम्झना भुर्तेल, दीपक खरेल, राजेश शहानी, सुरज यादव, इन्द्रेश गुप्ता, वृजेश गुप्ता, भगवतीप्रसाद यादव, अखिलेश यादव पनि युवा संघबाट परेका छन् ।

साविक वाइसिएलबाट निर्मला केसी, हुमनाथ न्यौपाने, भरत कण्डेल, चन्द्रमान धरिकार, कविराज आचार्य, गुप्त पोखरेल, देवकला खनाल, लेखनाथ ढकाल, हरि भुर्तेल, सुकमली रोका, सन्तोष राजभर, देवनारायण पाण्डे, समिर खान, रामसिंह पासी, जोख्खु यादव, ओमप्रकाश डुम्रे, विमला गिरी, लीला परियार, गङ्गा पाठक, हरि चापागाई, राजकुमार तिवारी, प्रशुराम बुढा, सुजन ढकाल, ईश्वर केसी, खड्क राना, इन्फान अलि खान, सन्दीप कलवार, मेघराज आचार्य, अर्जुन थापा, धनिराम यादव, राधेश्याम हरिजन, पशुपति गुप्ता रहेको छ ।

जिल्लाका सात स्थानीय तह कमिटीमा युवा संघलाई चार संयोजक र तीन सहसंयोजक तथा वाइसिएललाई तीन संयोजक र चार सहसंयोजक हुने गरी एकता गरिएको जिल्ला सहसंयोजक दीपक राना मगरले जानकारी दिए ।

उनका अनुसार सुस्ता गाउँपालिकामा संयोजक ईश्वरप्रसाद उपाध्याय, सहसंयोजक विनोद बनिया, प्रतापपुर गाउँपालिकामा संयोजक राजकुमार हरिजन र सहसंयोजक विजय चौधरी, बर्दघाट नगरपालिकामा संयोजक राजेश तिवारी र सहसंयोजक सन्तोष श्रेष्ठ रहेका छन् ।

सुनवल नगरपालिकामा संयोजक राजु बस्याल, सहसंयोजकमा विनोद पाण्डे, सरावल गाउँपालिकामा संयोजक विवेक भट्टराई, सहसंयोजक सुनु हजाम, रामग्राम नगरपालिकामा संयोजक जीवन भट्टराई, सहसंयोजक सुरेन्द्र ठाकुर, पाल्हीनन्दन गाउँपालिकामा संंयोजक पुष्कर चौधरी र सहसंयोजकमा सुमित यादवलाई चयन गरिएको छ ।

नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादले एकता सम्पन्न गरेकोमा बधाई ज्ञापन गर्दै अब देश, जनता र पार्टीको आवश्यकताअनुसार युवाहरुलाई परिचालन गर्न निर्देशन दिनुभयो । संघका जिल्ला संयोजक डुम्रेले उपयुक्त जिम्मेवारी र प्रशिक्षण मार्फत आवश्यक ठाउँमा परिचालन गर्ने प्रतिवद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्