यस्ताे छ आजकाे माैसम : कतै बदली मात्र, कतै हल्का बर्षाको सम्भावना



काठमाडाैं :  मौसम पूर्वानुमान महाशाखाले आज देशका कुनै पनि मौसमी प्रणाली नभएको जानकारी दिएको छ । शुक्रबार महाशाखाले पूर्वानुमान जारी गर्दै आजको मौसमको जानकारी दिएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। राति देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन १ गते (शुक्रबार)

दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेकोछ।

रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन १ गते (शनिबार)

दिउँसोः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

फागुन १ गते (आईतबार)

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पछि पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्