पेट्रोलियम पदार्थको पहिलो चरणको सर्भे सकियो



काठमाडाैं : दैलेखको श्रीस्थान, नाभीस्थान, पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरुको सिस्मिक सर्भे सम्पन्न भएको छ ।

अन्वेषणका लागि खनिएका तीन वटा पूर्ब पश्चिम र सात वटा उत्तर दक्षिण दिशाका १० वटा लाइनमा सेस्मिक सर्भे सम्पन्न भएको हो ।

सर्भेमा भेटिनु भएका खानी तथा भूगर्भ विभागका भूगर्भ्बिद् डा. गणेशनाथ त्रिपाठीका अनुसार पेट्रोलियम पदार्थ अन्वेषणका लागि खनिएका १० वटा लाइनमा बुधवार काम सम्पन्न भएको हो ।

उनले माघको दोस्रो साताभित्र सर्भे सम्पन्न गर्ने भनिए पनि बर्षाका कारण काम प्रभावित भएपछि फागुनको पहिलो साता काम सम्पन्न भएको बताए ।

दैलेख जिल्लाको मुख्य तया दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई बिशेष केन्द्रित र चामुण्डा बिन्द्रासैनी नगरपालिका, डुगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिकालाई केही भूभाग समेटेर १० वटा सेस्मिक लाईनहरूमा जम्मा २०० लाइन किमी सर्भेका लागि चार सय बर्ग किमी भूभाग समेटेर सर्भे गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा कमल शर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्