प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो


कास्की : पोखरामा जारी प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ ।

यही फागुन ११ गतेदेखि शुरु भएको वल्र्डकप छनोट प्रतियोगिताको बिहीबार सम्पन्न ४२ दशमलव सात किमीको ‘क्रस कन्ट्री’ इभेन्टको ‘टास्क’मा नेपालले दोस्रो स्थान प्राप्त गरेको हो । यसअघि तीन दिन प्रतिकूल मौसमका कारणले प्रतियोगिता प्रभावित बनेको थियो । टिम इभेन्टमा कोरियाले अग्रता बनाएको छ । कोरिया २० अङ्कका साथ पहिलो स्थानमा रहँदा नेपाल १७ अङ्कसहित दोस्रो स्थान हासिल गरेको थियो । नेपालकै अर्को टोली ‘टिम एभरेष्ट’ १३ अङ्कका साथ तेस्रो स्थानमा रहेको प्रतियोगिता निर्देशक विमल अधिकारीले जानकारी दिए ।

पुरुष एकलतर्फ कोरियाका चियोङ हा ७५० अङ्कका साथ प्रथम, जङ्गमेन चोइ ७३४ अङ्कसहित द्वितीय तथा मुनसिउव लिम ७२६ अङ्कसहित तेस्रो स्थानमा रहेको बताइन्छ । नेपालका युकेश गुरुङ ७१९ अङ्कका साथ चौथो स्थानमा रहेका छन ।

महिलातर्फ अमेरिकाका ग्यालेन कर्कप्याट्रिक २०६ अङ्कसहित प्रथम, कोरियाका याना ली १५६ सहित द्वितीय र स्वीजरल्याण्डका सुसन स्टोफर र भारतका रिनुल पशाङ्कर ६८ र ५२ अङ्कसहित तेस्रो र चौथो स्थानमा रहेका छन । प्रतियोगीहरुले पोखराको सराङकोटबाट उडान भरेर विभिन्न स्थानमा पुगेर खपौँदीमा अवतरण गरेको थिए ।

प्रतियोगितामा २० देशका ९२ खेलाडीले विश्वकप छनोटका लागि प्रतिस्पर्धा गरिहेका छन् । यस टूरबाट पाँचदेखि आठ जना खेलाडी प्याराग्लाइडिङ वल्र्डकप सुपर फाइनलका लागि छनोट गर्ने योजना छ ।

यस वर्ष नेपालसहित इन्डोनेशिया र चीनमा तय भएको एशियन टूरबाट छनोट भएका खेलाडीहरु ‘पोइन्ट’ र ‘¥याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङको विश्वकप सुपर फाइनलमा प्रवेश पाउने प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकूद संस्था (ना)का निर्वतमान अध्यक्ष योगेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी–चीनमा कोरोना भाइरसको ६२ जना नयाँ संक्रमितहरू फेला परेका छन् । एक दिन अघि मात्रै

काठमाडौं : नेपाल स्टक एक्सेचेन्जले धितोपत्र बजारबाट हुने कारोबार वैशाख ३ गतेसम्मका लागि स्थगित गरेको

एजेन्सी : चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा

नुवाकोट : सामान्य दिनचर्या भएको भए अहिले नुवाकोटको भैरवी मन्दिर परिसरमा पुजारी, गुभाजु, द्वारे, स्थानीय

काठमाडौं : सर्वोच्च अदालतले नेपाल-भारत सीमामा अलपत्र नागरिकलाई स्वदेश फर्कन दिन आदेश दिएको छ। सीमामा

काठमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमणबाट ७६ हजार ३४० जनाको मृत्यु भएको छ। हालसम्म यस

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण संकटको बेला सँगै लड्न सरकारलाई

काठमाडौं : बेलायतले नेपालबाट आफ्नो नागरिकलाई फिर्ता लैजाने भएको छ । यसका लागि बेलायतले आफ्नो

भारत : भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राती भागेका एकजना नेपाली

काठमाडौं : नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ लिएका

काठमाडौं : कोरोनाभाइरस महामारीको त्रास फैलिएको बेला नेपालीहरूले पनि पूजापाठबाहेक घरको मूलढोका अगाडि आँगन खनेर

काठमाडौं : कोरोनाभाइरस सङ्क्रमणले संसारभरिकै अर्थतन्त्र थिलथिलो हुँदै गएपछि विश्वका एक सयभन्दा धेरै संस्थाहरूले संयुक्त