सुदूरपश्चिम प्रदेशसभाका चार वटै समितिका सभापतिको शपथ ग्रहण



धनगढी : सुदूरपश्चिम प्रदेशसभाका विभिन्न चार वटा समितिका सभापतिहरुको सोमबार शपथ ग्रहण गराइएको छ । 

प्रदेशसभा सचिवालय परिसरमा आयोजित कार्यक्रममा सभामुख अर्जुनबहादुर थापाले समितिका सभापतिहरुलाई शपथ गराएका हुन् । अर्थ विकास तथा प्राकृतिक समिति सभापतिमा हर्कबहादुर कुँवर गोविन्द, सामाजिक विकास समिति सभापतिमा कुन्ती जोशी, विधायन तथा प्रदेश मामिला समिति सभापतिमा नेपालु चौधरी र सार्वजनिक लेखा समिति सभापतिमा कुमारी नन्दा बमले शपथ ग्रहण गरेका हुन् ।

कुँवर, जोशी, चौधरी नेकपा र बम कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य हुन् । चारवटै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका हुन । सो अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्रीहरु, उपसभामुख र प्रदेशसभा सदस्यहरुको उपस्थिति  थियो ।

 

प्रतिक्रिया दिनुहोस्