डोल्पामा कक्षा १ को पुस्तक अझै पुगेन



काठमाडाैं : हिमाली जिल्ला डोल्पामा कक्षा १ को पुस्तक अझै पुगेको छ । छपाइमै ढिलाइ भएका कारण ढुवानी गर्न नसकिएको वितरकहरूले बताएका छन् । कक्षा २ देखि १० सम्मको पाठ्यपुस्तक भने आठै स्थानीय तहमा समयमै पुगेको छ ।

त्रिपुरासुन्दरी नगरपालिकामा वितरणको जिम्मा पाएका पूर्णकेशर न्यौपानेले कक्षा २ देखि १० सम्मका पाठ्यपुस्तक उठाउँदासम्म कक्षा १ को नछापिएकाले ल्याउन नसकिएको बताए ।

आफ्नो कार्यक्षेत्रभित्र पर्ने साबिकका त्रिपुराकोट, लिकुलगायत गाविसका ५० प्रतिशत विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिसकेको उनले बताए । त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रभित्र पर्ने ३२ वटा विद्यालयमा किताब पुर्‍याउने जिम्मा न्यौपानेसहित चारजनाले लिएका छन् ।

तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिकामा पनि जुम्लाबाट खच्चडमा ढुवानी गरेर पाठ्यपुस्तक पुर्‍याइएको छ । फागुन पहिलो साताभित्र गाउँपालिकामा कक्षा २ देखि १० सम्मका पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध गराइसकेको वितरक श्रवणकुमार रोकायले बताए । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्