मोरङमा लागू औषधसहित श्रीमान् र श्रीमती पक्राउ



मोरङ : मोरङमा लागू औषधसहित श्रीमान् र श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिचरा घर भएका २६ वर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ वर्षीय तृष्णा श्रेष्ठ रहेका छन् ।

बिहीबार राति करिब साढे १२ बजे विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लुपिजेसिक, एभिल, डाईजोल्याप नामक २ सय ६० पिस लागूऔषध र सिरिन्ज थान फेला परेको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिई जिप्रका मोरङमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्