उत्तरपट्टि गाउँमा खानेपानीको चरम समस्या हट्दै


बलेवा : सदरमुकाम बागलुङ बजार नजिकै रहेर पनि उत्तरपट्टिका गाउँमा खानेपानीको चरम समस्या छ । बागलुङ नगरपालिका वडा नं ६, ४ र ३ मा पर्ने लङ्गाउँ, भिरलांखुरी, तीनतले, छापलगायतका गाउँमा मुहान अभावका कारण सर्वसाधारणले पानीको समस्या खेप्दै आएका छन् ।

बागलुङबजारमा पानीको समस्या समाधान गर्नका लागि भएका पहल र कामले पनि ती गाउँलाई सम्बोधन गर्न नसकेका कारण त्यहाँका सर्वसाधारण कुवा र घरपरका जङ्गलछेउमा रहेका पानीका धारामा निर्भर थिए । काठेखोलाको पानी लिफ्टिङ प्रविधिबाट रात्माटामा तानेर चौबिसै घण्टा बजारमा खानेपानी उपलब्ध गराउने बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको योजनामा समेत छुटेका यी गाउँ अब भने योजनामा समेटिने भएका छन् ।

उपभोक्ता संस्थाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा यी गाउँहरु छुटेका थिए । पुनः डिपिआर गरेर सबै गाउँमा काठेखोलाको पानीनै पुग्नेगरी योजना शुरु भएको छ । रु ४७ करोड खर्चेर सहलगानी कार्यक्रमअन्तर्गत निर्माण भइरहेको लिफ्टिङ आयोजनाको पानी नै पहिले पु-याउने भनिएको भन्दा थप १०० मिटरमाथि तानेर ती गाउँमा खानेपानी पु-याउन लागिएको हो । त्यसका लागि झण्डै रु सात करोड खर्च हुनेछ । त्यो खर्च भने नगरपालिका, उपभोक्ता संस्था र प्रदेश सरकारले संयुक्तरूपमा गर्ने भएका हुन् ।

रात्माटामा निर्माण हुने एक लाख लिटरको ट्याङ्कीबाट थप झण्डै १०० मिटरमाथि भिरलाङ्खुरीमा निर्माण हुने एक लाख लिटरको ट्याङ्कीमा पानी तान्ने गरी योजना अघि बढेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल जानकारी दिए । ट्याङ्की निर्माणका लागि नगरपालिकाले रु ४० लाख विनियोजन गरेको छ ।

त्यसमा थप रु १० लाखको श्रमदान जोडिने छ । उक्त रकमले एक लाख ३० हजार र २० हजार लिटरका तीन ट्याङ्की निर्माण हुने नगरपालिकाका इञ्जिनीयर गौरव शर्माले बताए । पहिलो चरणमा निर्माण हुने एक लाख लिटरको ट्याङ्कीको बिहीबार नगरप्रमुख पौडेलले शिलान्याश गरे । भिरलाङ्खुरीको प्रमुख ट्याङ्कीबाट अरु दुई ट्याङ्कीमा पानी पठाइने छ ।

त्यहाँबाट वितरण हुने पानी ३५० घरधुरीमा पुग्ने सोही नगरपालिका–६ का अध्यक्ष खिमराज सापकोटा जानकारी दिए । विस्तृत योजनामा समावेश हुन नसकेका गाउँमा पानी पु-याउनका लागि नगरपालिकाले ट्याङ्की निर्माण गर्ने, उपभोक्ता संस्थाले पाइपलाइन र धाराको काम गर्ने तथा प्रदेश सरकारले प्राविधिक सहयोग गर्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो ।

सोही सम्झौता अनुसार काम अघि बढेको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ बताउनुहुन्छ । बागलुङ बजारका लागि प्रतिसेकेण्ड ७० लिटरका दरले काठेखोलाको पानी रात्माटामा तान्ने गरी काम भइरहेको छ । दैनिक छ घण्टा पानी तान्दा उपभोक्ताले चौबिसै घण्टा पानी पाउने डिपिआरमा उल्लेख छ । त्यसमा केही समय थपेर थप ३५० घरधुरीले पानी पाउने गरी रात्माटाभन्दा माथि भिरलाङ्खुरीमा पानी तान्न थालिएको उनले जानकारी दिए ।

ट्याङ्की निर्माण उपभोक्ता समतिमार्फत हुनेछ । आगामी आर्थिक वर्षको अन्त्यसम्ममा काम सक्ने लक्ष्य समितिले राखेको छ । “हामीले पानीको राजनीति अन्त्यको प्रयास थालेका छौँ” नगरप्रमुख पौडेलले भने, “सम्भव भएका ठाउँमा मुहान र नभएका ठाउँमा लिफ्टिङ प्रविधिको प्रयोग गरेर भए पनि नगरका सबै घरमा हाम्रै कार्यकालमा एक घर एक धारा निर्माण गर्नेछौँ ।” आगामी चुनावमा कसैले पनि पानीको विषयलाई प्रमुख बनाएर जनताको घरदैलोमा नजाने उनले जिकिर गरे । नगरपालिकाका वडा नं ४, ६, ८ र १३ का केही बस्तीमा रहेको पानीको चरम समस्या समाधानका लागि योजना निर्माण भएर काम भइरहेको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धादिङ : दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई

काठमाडौं : थप तीन जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएको पुष्टि भएपछि सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको

कुवेत : कुवेतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट पहिलो व्यक्तको मृत्यस भएको छ । त्यहाँको सरकारी समाचार

काठमाडौं : कोरोनाभाइरस नियन्त्रण गर्न उदाहरणीय काम गरेको भन्दै प्रशंसा भइरहेको दक्षिण कोरियामा मानिसहरूबीच दूरी

काठमाडौं : केही दिन अघि काठमाण्डू प्रेस डट कममा प्रकाशित एउटा समाचार उक्त न्यूज पोर्टलको

काठमाडौं : स्पेनमा कोरोनाबाट एकैदिन ८०९ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा कोरोनाबाट मृत्यु

काठमाडौं : महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे बहराइनका समकक्षीसँग टेलिफोन गरी

काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेको

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को नयाँ तीन जना संक्रमित फेला परेको छ । सुदूरपश्चिम जिल्लाको

बेइजिङ : चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा मौनधारण गरिएको छ । संक्रमणबाट मृत्यु

जनकपुरधाम– जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा कोरोनाको आशंकामा राखिएका ५ जनाको रिपोर्ट निगेटिभ आएको छ