सीपी मैनालीकाे दुर्घटना अस्वभाविक र नियोजित भएकाे मालेकाे दाबी



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माले)ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको दाबी गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै दुर्घटना अस्वभाविक र नियोजित भएको दाबी गरेकाे छ ।

‘यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित देखिन्छ,’ मालेका प्रवक्ता कुमाल बेलबासेद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा दुर्घटनाको अन्तरनिहित दुर्नियत योजनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरिएको छ ।

This image has an empty alt attribute; its file name is Capture.png

माले महासचिव मैनालीसहित परिवारका सदस्य सवार कार झापाबाट काठमाडौं आउँदै गर्दा बिहीबार धनुषा र सिन्धुलीको सीमामा पर्ने रातु नदीनजिकै अर्को सवारीसँग जुधेर दुर्घटना भएको थियो ।

सीपीसहित घाइतेहरूको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार, सीपी अहिले खतरामुक्त छन् ।

प्रतिक्रिया दिनुहोस्