अनमोल र सुहानाको ए मेरो हजुर-४’ शुभमुहुर्त



काठमाडौं : चलचित्र ‘ए मेरो हजुर ४’ को शुक्रबार बिहान शुभमुहुर्त सम्पन्न भएको छ । कार्यविनायक मन्दिरमा पुजा गरेर चलचित्रको शुभमुहुर्त गरिएको हो ।

चलचित्रका मुख्य नायक अनमोल केसी र नायिका सुहाना थापा संगै अन्य टिमको उपस्थिति रहेको थियो ।

मुहुर्तसँगै छायांकनमा जाने यस चलचित्र आउँदो बर्षको दशैंमा रिलिज हुनेछ । चलचित्र्र ए मेरो हजुर२’ र ए मेरो हजुर३’ व्यापारिक रुपमा सफल भएपछि अब यसको चौथो श्रृंखला पनि बन्न लागेको हो ।

चलचित्रमा झरना थापाको निर्देशन र सुनिल थापाकै निर्माण रहनेछ । यस चलचित्रमा अनमोल केसी , सुहाना थापा , सलोन बस्नेत लगायत अन्य कलाकारहरु अभिनय रहनेछ । निर्देशक थापाका अनुसार चलचित्र प्रेमकथामै बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्