तपाईंको फेसबुक अरुले चलाएको कसरी पत्ता लगाउने ? यस्तो छ उपाय



एजेन्सी : सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय भइरहेको छ । फेसबुक नचलाउने मानिस भेट्न मुश्किल हुन्छ । तर फेसबुक कसरी चलाउने, किन चलाउने र कसरी सुरक्षित तरिकाले चलाउने भन्ने कुरा भने कमैलाई मात्र थाहा छ ।

फेसबुक चलाउँदा ध्यान पुर्याउनुपर्ने विविध कुराहरुमध्ये तपाईंको फेसबुक कहाँ खुलेको छ , कसैले चलाएको छ कि छैन । भनेर जान्नु पनि महत्त्वपूर्ण हून्छ । यदि फेसबुक चलाउँदा चलाउँदै कहिलेकाँही लगआउट गर्न भुलेमा, कसैले तपाईंको पासवर्ड थाहा पाएर कतै खोलेमा तपाईंले आफैले कुनै पनि ब्राउजरबाट लगआउट गर्न सक्नुहुन्छ ।

त्यतिमात्र होइन तपाईंको फेसबुक कुन ठाउँमा लगइन भइरहेको छ भन्ने कुरा पनि थाहा हून्छ । साथै, फेसबुकबाट नै उक्त डिभाइसको लोकेशन पत्ता लगाउन सकिन्छ । तपाईंको फेसबुक लग इन भएको ठाउँ, समय र मिति पत्ता लगाउन सकिन्छ ।

त्यसको लागि के गर्ने ?
सबैभन्दा पहिले कुनै पनि ब्राउजरमा आफ्नो फेसबुक लगइन गर्नुस् ।
त्यसपछि अकाउन्ट सेटिङमा जानुस् ।

त्यसपछि ‘Security and login’ अप्शनमा जानुस्
त्यहाँबाट ‘ Where you’re logged in ’ को अप्शन देखिन्छ । त्यहाँ तपाईंको फेसबुक लगइन भएको डिभाइसको पूरा जानकारी पाउन सकिन्छ ।

स्मार्टफोनमा
फेसबुक एप खोलेपछि सेटिङमा जानुहोस्
त्यसपछि ‘Security and login’ जानुहोस्
त्यहाँ ‘Where you’re logged in ’ अप्शन देखिन्छ ।
त्यसमा ‘See all’ मा क्लिक गर्नुस् ।

प्रतिक्रिया दिनुहोस्