वडासचिव घुस रकमसहित रंगेहात पक्राउ



जनकपुरधाम : धनुषा जिल्लामा एकजना वडासचिव घुस रकम सहित रंगेहात पक्राउ परेका छन् ।

धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ का वडासचिव सुशील ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले २० हजार रुपैयाँ घुससहित रंगेहाथ पक्राउ गरेको छ ।

ठाकुरले जन्मदर्ता प्रमाणित सिफारिस गरिदिने बापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कार्यकक्षबाटै ठाकुरलाई पक्राउ गरिएको अख्तियारका दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्